काठमाडौं । पछिल्ला समय प्राकृतिक तथा धार्मिक स्थलको रूपमा लिइने बागद्वार हाइकिङ जानेहरुको लर्को लाग्ने गरेको छ । यसरी प्रकृतिमा रमाउन जानेहरूले जंगल तथा वागद्वार क्षेत्रमा फोहर पनि गरेर फर्किन्छन् ।
यसरी गरिएका फोहरलाई सफ़ा गर्न भनेर बुढानीलकण्ठ युथ सर्कलले फागुन १२ गते एक कार्यक्रम राखेको थियाे । नियमितरूपमा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न रहँदै आएको बुढानीलकण्ठ युथ सर्कलले फागुन ५ गते तय गरेको कार्यक्रम सारेर फागुन १२ गते सारेको थियो । नागी गुम्बाको बाटो हुँदै बागद्वार जाने वैकल्पिक मार्ग तथा वागद्वार सफा गर्ने हेतु हाइकिङ कार्यक्रम आयोजना गरेर बुढानीलकण्ठ युथ सर्कल उक्त क्षेत्रको सरसफाइमा जुटेको हो ।
५६ जना सहभागि टोलीले दशौँ बोरा प्लष्टिकजन्य फोहरले संकलन गरेको छ । बुढानीलकण्ठ युथ सर्कलका तर्फबाट कार्यक्रमका बारे जानकारी दिँदै बिजेन्द्र श्रेष्ठले सहभागि सबैलाई धन्यवाद दिएका छन् । प्रकृति तथा धार्मिकस्थल सफा गर्न पाउँदा खुशी लागेको बताउदै श्रेष्ठले यस्ता सरसफाइजन्य कार्यक्रम आगामी दिनमा पनि नियमितरूपमा गर्ने प्रतिबद्धता जनाए ।