काठमाडौं खबर फाल्गुन १४, २०८०
कठमाण्डौ – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउने भएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् ।