काठमाडौं खबर फाल्गुन २०, २०८०
काठमाण्डौ – काठमाण्डौ उपत्यकामै ६ महिनामा घरेलु हिंसाका एक हजार वटाभन्दा धेरै उजुरी परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा घरेलु हिंसाका आठ हजार दुई सय आठ वटा मुद्दा दर्ता भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै एक हजार दुई सय २३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनका अनुसार घरेलु हिंसाका कारण आठ हजार दुई सय १४ जना पीडित भएका छन् । तीमध्ये सात हजार चार सय एक जना महिला र आठ सय १३ जना पुरुष छन् ।