![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं, फागुन १९ गते । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।
पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूणर्तया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ ।
उनका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूणर्तया बदली रही केही भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ । पर्सी सोमबारदेखि भने मौसममा सुधार हुँदैजाने मौसमविद् अर्यालको भनाइ छ ।