Author: Kathmandu Khabar

काठमाडौं । आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ । यस पोखरीलाइ काटमाठौँको रानीपोखरीभन्दा ४०० वर्ष पुरानो पोखरी मानिन्छ । भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनःनिर्माण-२०८०’ पुस्तक पनि विमोचन गरिएको छ । नेपाल मजुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पुखु तथा मन्दिरको उद्घाटन गर्दै भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूणर् उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको…

Read More

काठमाडौँ । भारतीय चर्चित क्रिकेटरहरुलाई समेत उछिनेर नेपालका खेलाडीहरुले विश्वभरिका खेलाडीहरुको वरीयतामा ठूलो फड्को मारेका छन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० आई वरीयताअनुसार ब्याटिङ र अलराउण्डरतर्फ नेपाली खेलाडीहरुले ठूलो उपलब्धि हासिल गरेका हुन्। भारतीय राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिल र ईशान किशनलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ब्याटिङतर्फ ५४औँ स्थानमा उक्लिएका छन्।  यसअघि ९०औँ स्थानमा रहेको पौडेलले एकैपटक ३६ स्थानको फड्को मार्दै आफ्नो वरीयता माथि उकासेका हुन्। राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङतर्फ ३१ स्थानको फड्को मारेर विश्व वरीयताको ७०औँ स्थानमा उक्लिएका छन्। अलराउण्डरतर्फ पनि ऐरीले ४८ स्थानको फड्को मार्दै २७औँ…

Read More

काठमाडौँ ।  वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा  पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो।  यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौँ उक्त रकम ठगी गरेका थिए।  तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरी पाउँ भनी लक्ष्मण कटुवालसमेत तीन सय ३७ जनाको…

Read More

काठमाडाैँ महानगरपालिकाकाे सिकाे गर्दै बुढानिलकण्ठ नगरपालिकाले पनि सडकपेटी तथा सार्वजनिक स्थलमा ब्यापार व्यवसाय गरे  कार्बाही गर्ने भएकाे छ । नगरपालिकाले एक  सुचना जारी गर्दै सडकपेटी र सार्वजनिकस्थलमा ब्यापार व्यवसाय,पसल,ठेलागाढा राख्ने कार्य नगर्न निर्देशन दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीद्वारा हस्ताक्षरित सुचनामा जारी गर्दै सो सुचनाको उल्लंघन गरेमा आर्थिक ऐन २०८० र प्रचलित कानुन बमोजिम जरिवाना र कारवाही गरिने उल्लेख गरिएको छ ।

Read More

काठमाडौं । महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै…

Read More

काठमाडौं । नेपालमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ । सो क्यान्सरबाट हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्यांक भेटिएको छ । परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाका अनुसार सन् २०२२ मा २ हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको थियो । सोमध्ये १ हजार ३१३ जनाको मृत्यु भएको थियो । हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर पुष्टि हुने गरेको महाशाखाको भनाई छ । नेपालमा सन् २०२२ अघि स्तन क्यान्सर पहिलो नम्बरमा थियो, २०२२ पछि पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा देखिएको हो । ’पाठेघरको मुखको क्यान्सर जाँच गराएकामध्ये अधिकांशमा सो रोग पुष्टि भएको पाइएको छ…

Read More

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नतिर्न भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए ।भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ…

Read More

काठमाडौं । बुढानीलकण्ठमा पाँचवटा राम्रा पार्क बनेका छन् । बुढानीलकण्ठजस्तो कंक्रिटको जंगलमा बनेका यी पार्कले सडकबाट हिँड्दा होस् वा आकाशबाट हेर्दा होस् एकखाले सुन्दरता बाँडिरहेको छ । औपचारिक उद्घाटनसम्म नभएका यी पार्क बन्नुका पछाडि दुइजना पात्रको विशेष हात छ । स्थानीयस्तरबाट परिकल्पना गर्ने तथा प्रस्तावित गर्ने रविन्द्र थापा(रवि) र बजेटको व्यवस्था गर्ने नेपाल सरकारका तत्कालिन सचिव डा. रमेशप्रसाद सिंह । थापा र सिंह छिमेकी हुन् । सहरी विकास विषयमा विद्यावारिधीसमेत गरेर सिंह केही वर्षदेखि बुढानीलकण्ठ ८ मा स्थायी बसोबास गर्छन् । छिमेकमा आइपुगेको सिंहसँग थापाको जान पहिचान हुँदै जाँदा आफू बसेको ठाउँमा केही गर्न थापाले सिंहले आग्रह गर्छन् । नेपाल…

Read More

काठमाडौं । डिजाइन गरेर हल्ला गर्ने रवि लामिछानेको पुरानै बानी हो । डिजाइनले नै उनी आजसम्म भाग्यभानी सावित हुँदै आएका छन् । कहासम्म पुग्छन् त्यो भने हेर्न बाँकी छ । बुधबार रवि लामिछानेले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला भोलिपल्ट बिहानै (आज) चलाइयो । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनियो । राई पक्राउ परेकोबारे औपचारिक रुपमा भने कसैले बताएनन् । उच्च सरकारी अधिकारीदेखि प्रहरीका हाकिमहरु नै समाचार सुनेर चकित भएको बताउँछन् । प्रहरी स्रोतले आफूहरुलाई यसबारे औपचारिक अनौपचारिक कुनै जानकारी नभएको बिहानै जानकारी दिएको थियो ।…

Read More

काठमाडौँ । कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका- १ को अध्यक्षमा निर्वाचित भएका थिए ।वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका दुई वटा वडाध्यक्ष विहीन भएका छन् । गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा…

Read More

काठमाडौं । रास्वपाबाट मन्त्री बनेको सुमना श्रेष्ठ विदेशी नागरीकका पत्नी भएको भनेर हल्लाखल्ला भएको छ । यद्यपि उनी कुन देशको नागरीककी श्रीमती भन्ने कुरा सार्वजनिक भएको छैन । उनका पतिको फोटो सार्वजनिक छैन । सँधै विदेशीझैँ पहिरनमा देखिने सुमना श्रेष्ठ नेपालको शिक्षा मन्त्री बनेकी छिन् । संसदमा प्रभावकारी उपस्थिति देखाएकी  सुमनाको पढाइका बारेमा पनि खासै उल्लेख गरिएको पाइदैन । मन्त्रीहरूको पढाइका बारेमा गरिएको तथ्यांकमा सुमनाले पढाइ कति भन्ने उल्लेख गरेकी छैनन् । उनको पति तथा बालबच्चाका बारेमा पनि उल्लेख नभएको बताइएको छ । उनका पति नेपाली नागरीक भैसकेको विदेशी हुन् कि आफ्नै देशका नागरीक हुन् सो बारे पनि कतै उल्लेख भएको…

Read More

काठमाडौं । स्थानीयरूपमा पत्रकारिता गर्नेहरूलाइ ड्यासिङ दिनकै बुढानीलकण्ठ नगरपालिकाले कानुनी आधार र बैधता बिना नै अनलाइन पत्रिका चलाइरहेको छ । पूर्व मेयर उद्धव खरेलको पालामा स्थानीय संचार माध्यमले गाली गरेकोभन्दै नगरपालिकाले अनलाइन चलाउने निर्णय गरेको थियो । नगर प्रवक्ता नवराज भट्टराइलाई कमजोर बनाउन आफैले सुरू गरेको अनलाइन पत्रिका अझै चलिरहेको छ । नगर प्रवक्ताले बुढानीलकण्ठ नगरपालिकाका गतिबिधि भन्ने गर्दैनन् सोही अनलाइनमार्फत बढाइचढाई तथा देवत्वकरण गरेर समाचारहरू प्रकाशित हुने गरेको छ । सूचना विभाग तथा प्रेश काउन्सिलमा दर्ता नै नभै नगरपालिकाले चलाइरहेको अनलाइनमा समाचारप्रधान प्लेटफार्म हो । यसमा नगरपालिकाका गतिबिधि तथा जनप्रतिनिधिको बढाइचढाई हुने गर्दछ । बुढानीलकण्ठ न्युज नामको यस अनलाइन पत्रिकाको…

Read More

काठमाडौं । दीपक निरौला चतुर छन् भन्ने कुरा भनिरहनु पर्दैन । कहिलेकाँहि उनी चाहिनेभन्दा धेरै चतुर पनि बन्छन् । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपि ओलीको निवाससम्मै पुग्ने हैसियत राख्ने उनी नेतृत्व गर्न सक्ने गुणका धनी मानिन्छन् । गत निर्वाचनमा पैसा बाँडेको आरोप लागेपछि जित्ने चुनाव हारेको भनिएका निरौला यतिखेर बुढानीलकण्ठ केन्द्रित राजनीतिमा घनिभूतरूपमा रमाइरहेका छन् । नेकपा एमालेले बुढानीलकण्ठ नगरपालिकाको १३ वटै वडा अधिवेशन सकेको छ । सर्वविदितै छ, सबै वडामा नेता निरौलाले नै चाहेको नेतृत्व स्थापित भएको छ । आगामी चैत्र १६ र १७ गते नगर अधिवेशन गर्ने तयारी भैरहेको अबस्थामा निरौलाको सक्रियता झनै बढेको छ । यो अधिवेशन कपन…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले अब नेतृत्व महिलाले लिनुपर्ने बताएकी छिन् । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ ले आयोजना गरेको महिला दिवससम्बन्धि कार्यक्रममा उनले अब स्थानीय ,प्रदेश र संघीय निर्वाचनमा महिलाले नेतृत्व लिनुपर्ने बताएकी हुन् । सामान्य अरूबेलाभन्दा आक्रोशित मुद्रामा देखिएकी अनिताले महिलाहरू फेशबुक र टिकटकको कोकोकोला फिगरमा रमाएको भन्दै अब नेतृत्व लिन तम्सन आँट गर्न पनि भनेकी छिन् । मेयर मिठाराम अधिकारीको निवास नजिकैको वडामा आएर उनले अब नेतृत्व लिने पालो महिलाको मात्र भनिनन् पूर्व मेयर उद्धव खरेलको जमेर तारिफ पनि गरिन् । वर्तमान मेयरसँग सम्बन्ध राम्रो नभएको भनेर चर्चा चलिरहेको बेला उपमेयर अनिताले कपन पुगेर उद्धव खरेलको…

Read More

काठमाडौं । यसपटक गृहमन्त्री बन्न निकै गारो पर्यो रवि लामिछानेलाई । रविलाई गृह नदिए कांग्रेसले उपयोग गर्छ भन्ने डर बढेपछि बल्ल प्रचण्डले उनलाई गृह दिने निर्णय गरेका थिए । गृह रविलाई दिनु हुँदैन भन्ने माओवादी केन्द्र र एमालेभित्रका नेतृत्व वर्गमै ठूलो तप्का हुँदा हुँदै पनि गठबन्धन बन्न नपाइ ढल्न सक्ने देखिएपछि रविलाइ गृह दिने निर्णय गरिएको थियो । अतः नेपालको गृहमन्त्री रवि लामिछाने बनेका छन् । रवि किन गृहका लागि यति मरिहत्ते गरिरहेका थिए ? यो प्रश्न अनि उत्तर सबैसँग छ । एक त असुलीवाला मन्त्रालय दुई बिभिन्न गृहमन्त्रालयसम्बन्धि मुद्धामा फेसका उनी सुरक्षित हुन चाहन्छन् । गृह मन्त्रालयको स्वाद चाखिसकेका…

Read More

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Read More

काठमाडौं ।  सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निणर्य गरेसँगै २ मन्त्रालय पाउने भएको छ  । सो पार्टीले कुन कुन २ मन्त्रालय पाउने भन्ने कुरा भने अझै तय भएन । यसअघि आजै पार्टीको सचिवालयले सरकारमा जाने निणर्य लिएको थियो । यस्तै सो पार्टीले प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने निर्णय बैठकमा गरेका थियो ।

Read More

काठमाडौं ।अर्थमन्त्रालय दावी गरिरहेको एमालेले अन्त्यमा नपाउने भएको छ । अर्थमन्त्रालय नपाएसँगै विष्णु पौडेल सरकारमा नजाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सहभागी हुने भएको छ । मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलकै अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने एमाले उपाध्यक्ष पौडेलले बताए ।

Read More

काठमाडौं ।  नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

Read More

काठमाडौं ।  सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ । माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । यस्तै रास्वपाका गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएको छ । यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन ।

Read More

काठमाडौं । लेखक तथा विश्लेषक सुदर्शन आचार्यलाइ अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वसदस्यसमेत रहेका आचार्यले सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आयोगले पुरस्कृत गरेको हो । अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा माघ २८ गते आयोजित कार्यक्रममा पुरस्कृत घोषणा गरिए पनि आचार्य देश बाहिर रहेकाले नेपाल आएपछि सम्मान ग्रहण गरेका हुन् । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत भनेर अख्तियारले आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

Read More

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने संकेत देखिएको छ । एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजाने भनेर अन्यौलता देखिएका बेला सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।  बालुवाटारबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद भएको बुझिएको छ । छलफलले नयाँ उर्जा दिएको खनालले बताए । यता ११ बजे पार्टीमा निर्णय गरेर गठबन्धनमा सामेल हुन माधव नेपाल बालुवाटार जाने उनले बताए ।

Read More

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे  बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More

काठमाडौं। नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुद मन्त्रि डिक बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा राष्ट्रिय परिषदको बैठक बसेको थियो । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ । १२ वर्षको अन्तरल पछि भएको निर्वाचन संगै नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ। नेपाल स्काउटको ,प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित सह-प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा…

Read More

काठमाडौं । नेपाली राजनीतिमा नयाँ प्रशंग देखा परेको छ । कताकता असम्भवझैँ लाग्ने केपि ओली माधव नेपालको घरमा पुगे भन्ने विषय । नेपाली राजनीतिको अस्थीर स्वरूपको एक अर्को पटाक्षेपका रूपमा केपि ओली एकाएक माधव नेपालको घरमा पुगेका छन् । उनी नेपालको घरमा मात्र पुगेनन् । त्यहाँ गएर विरामी माधव नेपाललाइ भने, ‘हिजो जे गल्ती भयो भयो, अब मिलेर जाऔं’ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सत्ता सहकार्यका विषयमा छलफल भएको छ। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिए। ’प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले…

Read More

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।  प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

Read More

काठमाडौं । तारेभिर जाने हाइकिङ तथा साइकलिङ रुटलाई ट्रेकिङ गाइड क्षेत्रका प्रशिक्षार्थीहरुले सफा गरेका छन् । यात्रुहरुको फोहर गरेर हिँड्दा नै लाज हुने अबस्था देखेपछि ट्रेकिङ क्षेत्रमा सक्रिय स्थानीयको प्रयासमा ट्रेकिङ गाइड प्रशिक्षार्थीहरु सफा गर्न आइपुगेका हुन् । हाइकिङ तथा साइक्लिङ रूटमा प्लास्टिक, सिसाजन्य बस्तुहरुको फोहोर थुप्रिदै गएपछि यहाँको वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर पुर्याएको प्रश्न खडा भएको भैरहेको थियो । बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिका सीमामा रहेको यो रूट उकाली ओराली, सितल हावापानी, रूखबिरुवा, चराचुरुङ्गी र प्रकृतिमा रमाउनेहरुका महत्वपूर्ण ठाउँ हो । यो रूटमा घुम्न आउनेहरु मध्ये सबै वातावरण प्रति सजग नभैदिदा हो होल्ला तथा फोहोरको थुप्रो, फुटेका सिसाका बोतलले यो…

Read More

काठमाडौं । अर्थमन्त्री नपाउने भएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। एमाले माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्।…

Read More

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले  गृह,  शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वणर्िम वाग्ले , श्रम मन्त्रालयमा  डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ । गृह मन्त्रालय नछोड्ने  रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ ।  यस्तै सुमना श्रेष्ठलाई पनि शिक्षामै पठाउने हो कि भन्नेबारेमा छलफल भइरहेको छ । मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । अर्याल, लामिछाने र खनाल…

Read More