

काठमाडौं । तारेभिर जाने हाइकिङ तथा साइकलिङ रुटलाई ट्रेकिङ गाइड क्षेत्रका प्रशिक्षार्थीहरुले सफा गरेका छन् । यात्रुहरुको फोहर गरेर हिँड्दा नै लाज हुने अबस्था देखेपछि ट्रेकिङ क्षेत्रमा सक्रिय स्थानीयको प्रयासमा ट्रेकिङ गाइड प्रशिक्षार्थीहरु सफा गर्न आइपुगेका हुन् । हाइकिङ तथा साइक्लिङ रूटमा प्लास्टिक, सिसाजन्य बस्तुहरुको फोहोर थुप्रिदै गएपछि यहाँको वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर पुर्याएको प्रश्न खडा भएको भैरहेको थियो ।
बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिका सीमामा रहेको यो रूट उकाली ओराली, सितल हावापानी, रूखबिरुवा, चराचुरुङ्गी र प्रकृतिमा रमाउनेहरुका महत्वपूर्ण ठाउँ हो । यो रूटमा घुम्न आउनेहरु मध्ये सबै वातावरण प्रति सजग नभैदिदा हो होल्ला तथा फोहोरको थुप्रो, फुटेका सिसाका बोतलले यो स्थानलाई कुरुप बनाइरहेको थियो ।
आफ्नो ठाउमा पर्यटक आउदा बड्दो विकृती र आपराधिक गतिविधिले स्थानीय हैरान समेत बनेको स्थानीय अभियान्ता सुदर्शन केसी बताउँछन् । सामाजिक सन्जालमा उनले गोकर्णेश्वर नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिका मिलेर रुटको विकास, संरक्षण र प्रचार प्रसार गर्न सक्नु पर्ने लेखेका छन् ।