काठमाडौं । नेपालमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ । सो क्यान्सरबाट हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्यांक भेटिएको छ । परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाका अनुसार सन् २०२२ मा २ हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको थियो ।
सोमध्ये १ हजार ३१३ जनाको मृत्यु भएको थियो । हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर पुष्टि हुने गरेको महाशाखाको भनाई छ । नेपालमा सन् २०२२ अघि स्तन क्यान्सर पहिलो नम्बरमा थियो, २०२२ पछि पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा देखिएको हो ।
’पाठेघरको मुखको क्यान्सर जाँच गराएकामध्ये अधिकांशमा सो रोग पुष्टि भएको पाइएको छ । पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका ११ प्रतिशत महिलामध्ये ७ प्रतिशतमा सम्भावित क्यान्सर पोजेटिभ देखिएको उल्लेख गरिन् । यसो हुनुमा चेतनाको अभाव भएको विज्ञहरु बताउँछन् ।
पाठेघरको मुखको क्यान्सरको जाँच एकदमै कम मात्रले परीक्षण गराउने गरेका अस्पतालहरू तथ्यांकमा देखिन्छ । जनचेतनाका कमीका कारणले जाँच गराउनेको सङ्ख्या न्यून गरेको छ । ३० देखि ४९ वर्षका महिलालाई प्राथमिकताका साथ स्क्रिनिङ गर्नुपर्नेमा नेपालमा १० मध्ये १ जनाको मात्रै स्क्रिनिङ हुने उनले उल्लेख छ ।