काठमाडौं खबर फाल्गुन २३, २०८०
काठमाडौं । लेखक तथा विश्लेषक सुदर्शन आचार्यलाइ अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वसदस्यसमेत रहेका आचार्यले सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आयोगले पुरस्कृत गरेको हो ।
अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा माघ २८ गते आयोजित कार्यक्रममा पुरस्कृत घोषणा गरिए पनि आचार्य देश बाहिर रहेकाले नेपाल आएपछि सम्मान ग्रहण गरेका हुन् । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत भनेर अख्तियारले आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।