काठमाडौं । गृह मन्त्रालयले दुई दिनमा अवकाश हुने डीआईजी पोषराज पोखरेललाई एआईजीमा सिफारिस गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी सुशील पन्तका नातेदार समेत रहेका पोखरेललाई सिफारिस गर्न गृहमन्त्री रवि लामिछानेले दबाब दिएपछि मन्त्रालयले दुई दिनमा सेवा निवृत्त हुने पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रालयका सचिवस्तरीय निर्णयबाट सोमबार उनी बढुवाका लागि सिफारिस भएका हुन् । पोखरेल यही असार २१ गते ५६ वर्षे उमेर हदका कारण सेवा निवृत्त हुँदैछन् । १९ असारबाट एआईजी उमेशराज जोशी अवकाशमा गएपछि एआईजीको दरबन्दी खाली हुँदैछ । सोही खाली दरबन्दीका लागि उनलाई सिफारिस गरिएको हो । यसरी जम्मा दुई दिनका लागि…
Author: Kathmandu Khabar
काठमाडौं । गोरखा जिल्ला लिगमा नियमविपरीत सुपर ६ खेल सञ्चालन गर्न लागेको भन्दै ९ क्लबले संयुक्त विज्ञप्ति निकाल्दै विरोध गरेका छन् । सोमबार १० वटा अध्यक्ष एवं प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति निकाल्दै विवाद समाधान नभई थप खेल कार्यक्रम गरेमा खेल बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । गत जेठ १९ गतेदेखि सुरु भएको गोरखा जिल्ला लिग फुटबुल प्रतियोगितामा उत्पन्न भएको गतिरोधको विषयमा सदस्य रहेका ११ वटै क्लब र आयोजकबीच आपसी छलफलद्वारा समस्या समाधान गर्नुपर्नेमा प्रतिशोध साँधेर आयोजक अघि बढेको आरोप उनीहरुको छ । विज्ञप्तिकर्ता क्लबका प्रतिनिधिहरुले निर्णय पुस्तिकामा किर्ते गरी सदस्य क्लबलाई कारबाही गर्ने धम्की दिने, संस्थाको लेटर प्याडको दुरुपयोग गरी…
काठमाडौं । बर्खामा मेलम्ची पानीको विकल्पमा काठमाडौंवासीको तिर्खा मेटाउन धाप ड्यामको पानी प्रयोग गरिने भएको छ । काठमाडौं उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सो ड्यामबाट ३२ करोड लिटर पानी सापटी लिएर काठमाडौंवासीको तिर्खा मेटाउने बारेमा मेलम्ची खानेपानी विकास समिति र एकीकृत बागमती सभ्यता विकास समितिबीच चार बुँदे सहमति भएको हो । आइतबार भएको सो सहमतिमा मेलम्चीका सिनिएर डिभिजन इन्जिनियर वीरेन्द्र कँडेल, बागमती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहरा तथा केयुकेलबाट प्रमुख कार्यकारी अशोक पौडेलले हस्ताक्षर गरेका छन्। जस अनुसार, धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखा मार्फत केयुकेएललाई प्रवाह गर्ने, उक्त प्रवाह गरिएको पानी…
काठमाडौं । जारी युरोकप फुटबल खेलमा जर्मनी र स्विटजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा जर्मनीले स्विटजरल्याण्डलाई १-० ले पछि पारेको थियो । इन्जुरी समयमा बराबरीमा रोक्दै जर्मनी समूह ए को विजेता बनेको छ भने स्विजरल्याण्ड उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा पहिलो गोल २८ औँ मिनेटमा डान एनडोएले गरेका थिए । हार नजिक पुगेको जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरे । यसअघि नै समूह एमा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि यही गोलले नै समूह विजेता बनाएर क्वाटर फाइनलमा प्रवेश गराएको हो ।
असार १० गते (सोमबार) देशको विभिन्न स्थान मेघ गर्जनसहित भारी वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही…
काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबाट अमेरिकासँग भएको खेलमा विजयी भएसँगै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो। आइतबारको खेलमा इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिएका थिए । स्याम करन र आदिल राशिदले समान दुई दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिएका थिए । यस जितसँगै इङ्ल्यान्ड अन्तिम सुपर आठको समूह २ मा तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य पन्छाउने क्रममा इङ्ल्यान्डले ९…
काठमाडौं । नेपालको निजामती इतिहासमै पहिलो पटक मु्ख्यसचिवमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। मुख्यसचिव अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मुख्यसचिव अर्याललाई यसअघि नै मुद्दा दायर हुँदैछ भन्ने सूचना भए पनि उनले राजीनामा…
काठमाडौ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा ८ औ तहमा कार्यरत संजिबकुमार झाले सबैलाई चकित पार्ने गरी अनैतिक र गैह्रकानूनी कार्य गरेको समाचार प्राप्त भएको छ । झाले कृषि तथा पशुपन्छि मन्त्रालयको विज्ञापन नं १ । ०७८। ०७९को खुल्ला प्रतिस्पर्धात्मक बिज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुटो भएको भनी उपभोक्ता हित संरक्षण समितीले सम्मानित सर्बोच्च अदालतमा पेस गरेको रीट निवेदन नं ०७९ । wo । ०६७० परेको छ । सो मु्द्दाको हालसम्म फैसला नभएको अबस्थामा महाप्रबन्धकको तोकिएको कार्यअबधि समेत गएको ८० साल चैत्र १२ गते पुरा भएको छ । ८ औँ तहमा झाको पद कायम राख्ने विषयमा तालुक…
आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ। यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन्। जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन्। अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ। पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए। पृथ्वीको संरक्षणका लागि सम्बन्धित नियकायले चासो राख्नुपर्ने बेला भएको उनीहरुको गुनासो…
दीर्घराज प्रसाई आज २०८१ साल वैशाख १ गते अर्थात् नयाँ वर्ष। देशमा शान्ति-सुव्यवस्था र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरौँ। विक्रम संवत् नेपालको मौलिक संवत् भएकाले गौरव र खुसीका साथ नव वर्ष मनाऔँ। विक्रम संवत् प्रारम्भ हुने दिनलाई प्रकृतिले पनि स्वागत गर्छ। हरेक वर्ष मेष संक्रान्ति नयाँ वर्षका दिन बिहान सुनगाभाजस्तै सलहेस नामक ठूलो फूल फूलेर सबैको सुख-समृद्धिका लागि अमूर्त रूपले नयाँ वर्षको स्वागत गर्नेगर्छ। सिरहाको लाहानदेखि ४ किलोमिटर पश्चिम वर्षमा एक दिनमात्र एउटै मालाजस्तो लामो झ्याम्म परेर फूल्छ यो फूल। अचम्मको कुरा, अघिल्लो दिनमात्र कोपिला लाग्ने सलहेस भोलिपल्टै वैशाख १ गते मालाको आकारमा फूल्छ। बिहान फक्रने यो फूल त्यही…
बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जमा विदेशी पर्यटक मनग्ये देखिन्छ । गर्मी चढ़ेसँगै बाघ हेर्नका लागि युरेपका थुप्रै पर्यटक बाघ हेर्न वर्दिया पुगेका छन् । बर्दिया राष्ट्रिय निकुन्जले युरोपदेखि आएका पाउनलाइ खासै महत्व नदिए पनि होटेलहरूमा हप्तौँदेखि बाघ हेर्न कुरिरहेका पर्यटकहरू कोही पैदल त कोही जीप सफारीमा हरेक दिन जंगल पुग्छन् । जंगल पुगेका पर्यटकले कतिपय पटक बाघ देख्छन् तर पनि धित नमरेर उनीहरू बसाई लम्ब्याइरहेका हुन्छन् । केही दिनदेखि बर्दिया प्रचण्ड गर्मी बढेको छ । ३८ देखि ४० डिग्री तातोमा बाघ हेर्न कुरिरहेका बाधप्रेमीहरू बर्दिया निकुन्जमा पानीको अभाव देखेर आँत्तिएका देखिन्छन् । बनको रक्षा गर्ने निकुन्जले सुकेका खोला र पानीमा…
काठमाडौं । एक्काइसौं बीडी त्यागी स्मृतिको अवसरमा हरेक वर्ष झैँ २०८१ सालमा बीडी त्यागी स्मृति केन्द्रले पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निणर्य गरेको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान २०८१ वरिष्ठ साहित्यकार प्रा डा हेमनाथ पौडेललाई प्रदान गरिने निणर्य गरिएको छ । त्यसैगरी बीडी त्यागी विशिष्ट सम्मान २०८१ वरिष्ठ साहित्यकार डा विदुर चालिसेलाई,एक सय एक रुपैया सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ वरिष्ठ साहित्यकार बियोगी बुढाथोकीलाई , बीडी त्यागी प्रतिभा सम्मान २०८१ साहित्यकार विसुकुमार केसीलाई र बीडी त्यागी योगदान सम्मान २०८१ गीतकार तथा महिला उद्यमी कमला…
काठमाडौं । सामाजिक क्षेत्रमा निरन्तर सक्रिय बूढानीलकण्ठ युथ सर्कलद्वारा बुढानिलकण्ठमा वृहत आँखा शिविर सम्पन्न गरेको छ । युथ सर्कलले तिलगंगा हस्पिटल स्थित (Tilganga Institute Of Ophthalmology) को प्रविधिक सहयोगमा बुढानिलकण्ठ मन्दिर परिसरमा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । शिविरमा २५२ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक रण बहादुर तामाङ ले बताएका छन् । निःशुल्क स्वास्थ्य सेवा लिएकामध्ये १५ जनामा मोतिबिन्दु देखिएको र उनीहरूको तिलगंगा अस्पतालमा उपचार पनि संयोजक तामाङले बताए । आँखा शिविर कार्यक्रममा बुनपा ३ की जनप्रतिनिधि बालमाया श्रेष्ठ सह-संयोजक रहेकी थिइन् ।
काठमाडौं । बुढानीलकण्ठ गोल्फुटारमा एकसाता अघि खुलेको स्टार फुड एन्ड सेकुवाले होलीको दिन विशेष कार्यक्रम राखेको छ । होलीको दिन दिनभर रमाइलो गर्नका लागि होली हङ्गामा कार्यक्रम राखेको स्टार फुड एन्ड सेकुवाले होलीमा रमाउन चाहनेहरूका लागि यो कार्यक्रम राखेको हो । गोल्फुटारस्थित स्टार फुड एन्ड सेकुवा रेष्टुरेन्टको प्राङ्गणमा निःशुल्क प्रवेशसहित रंग, पानी र डिजेका साथ दिनभर रमाउने सकिने गरी व्यवस्था गरिन लागिएको रेष्टुरेन्टले बताएको छ । सो दिन खाना तथा पेय पदार्थमा विशेष अफर राखिएको पनि रेष्टुरेन्टले जनाएको छ । होलीको दिन रमाउन चाहनेहरू धेरै हुने तर रमाउन ठाउँको अभाव हुने गरेको भनेर स्टार फुड एन्ड सेकुवाले स्थानीयहरुको मागलाई सम्बोधन गरेको…
काठमाडौं । सार्वजनिक जग्गाको दुरूपयोग गर्न बुढानीलकण्ठ नगरपालिकाले देशभरका निकायलाई पछाडि पार्दै छ । खोल्सा, राजकुला मिचेर प्लटिङका लागि बाटो बनाउनदेखि नेता वा प्रतिष्ठित व्यक्तिलाई सार्वजनिक जग्गा उपयोग गर्न दिनेसम्मका विषयमा बुढानीलकण्ठले आफूलाई अब्बल सावित गरिरहेको छ । नगरप्रमुख मिठाराम अधिकारीको निवासनै खोलाको जग्गा मिचेर बनाइएको आरोपकाबीच बुढानीलकण्ठ वडा नं २ मा नेताको घर जान सार्वजनिक जग्गाको बीचबाट बाटो निकालिएको भनेर आरोप लागिरहेको बेला राष्ट्रिय नेताको जग्गासम्म जानका लागि प्रदेशको बजेटमा सार्वजनिक जग्गाबाट बाटो निकालिएको नयाँ विषय सार्वजनिक भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ को धोविखोला करिडोरसँगैको यो घटनामा स्थानिय सरकारको संलग्नता रहेको स्थानीयवासीको भनाई रहेको छ । ६…
बुढानीलकण्ठमा बिबिध सामाजिक कार्यमा सक्रिय रहँदै आउकाे बूढानीलकण्ठ युथ सर्कलद्वारा मेरुदण्ड मेरूदण्ड भाँचिएर एकवर्षदेखि उपचार गरिरहेकी करिना तामाङलाई आर्थिक सहयोग गरेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ निवासी १७ बर्षकी करिना तामाङको १ वर्षदेखि करूणा अस्पतालमा मेरूदण्डको उपचार भैरहेको छ । जंगलमा स्याउला टिप्न जाँदा रुखबाट खसेर करिनाको मेरुदण्ड भाँचिएको थियो। युथ सर्कलले आर्थिक सहयोग गरेकोमा खुसी व्यक्त गर्दै करिनाले धन्यवाद ज्ञापन गरेकी छिन । करिनाको उपचारका लागि आर्थिक अभाव भएपछि बिभिन्न दाताहरूले सहयोग गर्ने क्रम जारी छ ।
काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगर अधिवेशनको मिति नजिकिँदो छ । चैत्र महिनाको १६ र १७ गते हुने अधिवेशनमा नगर अध्यक्ष पद सर्वसम्मत भने नहुने देखिएको छ । बुढानीलकण्ठमा आफ्नो सेटिङ चलाउँदै आएका जिल्ला अध्यक्ष दीपक निरौलाको आफ्नो मान्छे प्रदीप डंगोललाई दोस्रो कार्यकाल पनि सर्वसम्मत अध्यक्ष बनाउने इन्ट्रेस्ट भने सफल नहुने देखिएको छ । पार्टीका लागिभन्दा दीपक निरौलाका लागि काम गर्ने व्यक्तिका रूपमा परिचित डंगोल पार्टीका लागि आवश्यक छैन भनेर आवाज़ उठिरहेको बेला पुराना नेता ध्रुव भट्टराईले नगर अध्यक्षका रूपमा दावी प्रस्तुत गरेका छन् । पार्टी संगठन टीके प्रथाबाट बाहिर निस्किन पर्छ भन्ने अभियानका साथ भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता…
काठमाडौं । सार्वजनिक जग्गा बाँड्ने काम बुढानीलकण्ठमा अझै रोकिएको छैन । फोहर व्यवस्थापनका लागि भन्दै बुढानीलकण्ठ वडा नं १३ ले गुपचुपरूपमा २ रोपनी सार्वजनिक जग्गा बाँडेको भेटिएको छ । वडा नं १३ चुनिखेलमा वातावरण सरोकार अभियान प्रालि भन्ने कम्पनीले च्यानेखोला करिडोरमा रहेको २ रोपनी जग्गामा टहरो बनाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । नियमितरूपमा प्रयोग हुने खेल मैदानसँगै रहेको २ रोपनी जग्गामा सो कम्पनीले ट्रस हालेर टहरो बनाइरहेको छ। यही सार्वजनिक जग्गासँगै रहेको निजी जग्गावालालेसमेत सो ठाउँमा फोहरसँग सम्बन्धित काम हुने थाहा भएकोले रोक्नका लागि वडा कार्यालयमा निवेदनसमेत होलेका छन् । च्यानेखोला करिडोर टुपेक टुकन्चा ट्वापमा रहेको यो सार्वजनिक जमिननसँगै…
काठमाडौँ । सिंगो विश्व जलवायु परिवर्तनले आक्रान्त छ । हिउँ हराएको छ। पानी सुकेको छ। जाडो घटेको छ । तातो बढेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असरले विश्वभरका हरेक नागरीकलाइ छोएको छ । नेपाल पनि जलवायु परिवर्तनसँग सम्बन्धित माथिका सबै विषयबाट प्रत्यक्ष प्रभावित छ। यसै सन्दर्भमा काठमाडौँका सडकले पनि जलवायु परिवर्तनको सन्देष दिइरहेको छ । वसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतुमा जताततै हरियाली हुन्छ। जुन ऋतुलाई सबैले मन पराउँछ । त्यसैले यस ऋतुलाई ऋतुराज पनि भन्ने गरिन्छ । तर, पछिल्लो समय विश्वमा जलवायु परिवर्तनका कारण बसन्त ऋतुअघि नै कैयन बोटबिरुवाका पात झर्ने, नयाँ पालुवा पलाउने…
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो। विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूणर् खेल खेल्दैछ। त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’ का दुई खेल खेल्दैछ। उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन्। त्रिपुरेश्वरस्थित दशरथ…
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ तारेभीरकी १८ वर्षीया सुष्मा लामाको सव घर नजिकै भेटिएपछि तारेभीर चिन्ताग्रस्त छ । बिहानै बुढानीलकण्ठ स्कूल पढ्न हिँडेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको थियो । सुष्माको सव गाउँ नजिकै जंगलमा फेला परेको थियो । माघ २२ गतेदेखि हराएकी सुष्माको लास एक महिनापछि भेटिएको हो । तारेभीरवासी यतिखेर आफ्नी छोरी हत्यारा खोजिरहेको छ । सुष्माको बलात्कारपछि हत्या भएको अनुमान गरिएकोले हत्यारा पत्ता लगाउन प्रहरीले तदारूकता देखाओस् भनेर तारेभीर अपिल गरिरहेको छ । फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए। उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका…
काठमाडौं । दसैंको दशमीदेखि सुरू भएको भक्तपुरको शताब्दी पुरानो नवदूर्गा नाच अझै जारी छ। यो नाच मल्लकालमा भक्तपुरमा राजोपाध्याय वंशको बसोबासदेखि सूरू भएको मानिन्छ। नवदूर्गा नाचच जीवन चक्रमा आधारित छ। यो नाचचले नेवार समाजमा उत्सवहरूको महत्त्व पनि स्पष्ट गर्ने संस्कृतिविद्हरू बताउँछन्। नवदूर्गा नाचचमा १२ मुखौटा लगाएका देवतासहित १३ कलाकारले नवदूर्गा नृत्य प्रस्तुत गर्छन्। यो नाच भक्तपुरका दत्तात्रय, क्वाथण्डौ, गच्छे, दाछुटोल, नागपोखरी, इनाचो, गोलमढी, याछे लगायत अन्य क्षेत्रमा गरिन्छ। सो नाच भक्तपुरमा मात्र नभई बनेपा, नाला, पनैती, धुलिखेल, ठिमीलगायत क्षेत्रमा पनि नाचिन्छ।
अमेरिकाका डेमोक्रयाटिक र रिपब्लिकन दलहरूले आफ्ना औपचारिक उम्मेदवारहरू मनोनयन गर्नका लागि अझै केही महिना बाँकी छ। तर आगामी निर्वाचनमा जो बाइडन र उनका पूर्ववर्ती डोनल्ड ट्रम्पबीचमा कडा टक्कर हुनसक्ने ठानिएको छ। र, एउटा मूल मुद्दा आप्रवासन बनेको छ जुन नोभेम्बर ५ को चुनावमा निर्णायक बन्न सक्छ। “यदि विदेश नीतिमा अरू कुनै ठूलो घटना भएनन् भने ह्वाइट हाउसमा को पुग्नेछ भन्नेबारे आप्रवासन नै निर्णायक मुद्दा बन्नेछ,” आप्रवासन तथा सङ्गठित अपराधमा विज्ञता हासिल गरेकी जर्ज मेशन विश्वविद्यालयकी प्राध्यापक ग्वाडालुपे कोरिया-काब्रेरा भन्छिन्। “यद्यपि यो नयाँ होइन र सधैँ विभाजनकारी र सान्दर्भिक विषय हो। अहिले यसले अभूतपूर्व ढङ्गले, त्यो पनि भयको राजनीतिको भाष्यसहित लय…
काठमाडौं । काठमाडौँ उपत्यकाका नदीहरु ढलको अंश बनिसकेका छन् । यी नदीहरू उपत्यकाको मानव सभ्यतासँग जोडिएको सबैभन्दा महत्वपूर्ण तथ्य अब पढेरमात्र बुझिने अबस्थामा पुगेको छ । नयाँ पुस्ता वा बसाइसराई गरेर आउनेहरूलाई उपत्यकाको नदी संस्कृति चासो विषयनै नबन्ने गरेर तहसनहस भएको छ । नदि संस्कृतिलाई पूनर्जीवन दिने खालको सोच तथा नीति पनि नेपाल सरकारसँग देखिन्न । काठमाडौं उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा (हिटी) र इनारको पानीले नै जीवनयापन हुँदै आएको जगजाहेर छ । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका ढुङ्गेधाराले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाउ पुर्याएका थिए । त्यसो त…
काठमाडौं । अमेरिका पठाउने आश्वासनमा ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-७ का ३६ वर्षीय लोकबहादुर राउत रहेका छन् । उनी हाल काठमाडौंस्थित गोँगबुमा बस्दै आएका थिए । प्रहरीका अनुसार राउतले पीडितहरूलाई अमेरिका जान प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने बताएका तिए । अमेरिकामा मासिक सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभन देखाएर उनी दुई जनाबाट ६० लाख रुपैयाँ लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरिएको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
काठमाडौँ । तपाइँ आफ्नो वडाको वडाध्यक्ष, उसको गतिबिधि, उसको चरित्र अनि हैसियतको बारेमा सोचेर यो समाचार पढ्नु शुरू गर्नु होला । अनि, तपाइँले एउटा वडाध्यक्षले के गर्न सक्छ के सक्दैन भनेर सोच्नु भएको छ त ? कि तपाइँलाई पनि तपाइँको वडाध्यक्षले भुत्ते बनाइसकेका छन् ? जग्गा दलाली काम गरिरहेका पार्टी कार्यकर्ता पैसा र पहुँचका भरमा नेपालका अधिकांश सहरी क्षेत्रका वडाध्यक्षदेखि मेयरसम्म बनेका छन् । तिनैलाई जनप्रतिनिधि मान्ने हाम्रो मानसिकताले जनप्रतिनिधिले के गर्न सक्छ ? के गर्न सक्दैन ? भन्ने व्याख्या नै गर्न सक्दैन । यो समाचार हो, पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका वडा नं १ को । यस वडामा वडाध्यक्ष छन्…
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा एकीकृत समाजवादीले सत्तारूढ गठबन्धनलाई भोट दिएसँगै आज भएको ८ बुँदे सहमतिको चर्चा चलिरहेको छ । यो सहमतिको भित्री पक्षभित्र माधव नेपाल १५ महिना प्रधानमन्त्री बन्न पाउने कुरा तय भएको पनि चर्चा चलेको छ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भएको थियो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइएको छ । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक…
सुर्खेत । गत २० फागुनमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रलगायतका दलहरू सम्मिलित गठबन्धनमा आएको फेरबदलको प्रभावले कर्णाली तीन मन्त्रालय मन्त्रीविहीन बनेका छन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रिविहीन बनेका छन् । जसले मन्त्रालयबाट हुने दैनिक कार्यसम्पादनमा असर परिरहेको जनाइएको छ । चालु आर्थिक वर्ष सकिने मिति नजिकिँदै जाँदा तालुकदार मन्त्रालय मन्त्रीविहीन हुँदा प्रदेश सरकारले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जटिलता उत्पन्न हुने जानकारहरू बताउँछन् । माओवादी र एमालेलगायतका दलहरूबीच बनेको नयाँ गठबन्धनमा कर्णालीको नेतृत्व कसले लिने भन्ने विषय केन्द्रले टुङ्गो नलगाउँदा नेताहरू आफूअनुकूल माहौल बनाउनमा…
काठमाडौं । आप्रवासी कामदारका सम्बन्धमा मलेशिया सरकारको लिएको नयाँ नीतिको असर नेपालमा पनि पर्नसक्ने देखिएको वैदेशिक रोजगार मामिलाका जानकारहरूले बताएका छन्। विज्ञ तथा वैदेशिक रोजगार व्यवसायीहरूका भनाइमा मलेशिया सरकारको नयाँ नीतिले उक्त देश जान चाहने सयौँ नेपाली कामदारलाई प्रभावित पार्नेछ। त्यसका साथै नेपालको आर्थिक र सामाजिक क्षेत्रमा पनि त्यसको उल्लेख्य नकारात्मक असर पर्नसक्ने वैदेशिक रोजगारी मामिलाका एकजना विज्ञले चेतावनी दिएका छन्।नेपाली कामदारका गन्तव्य मुलुकहरूले परिवर्तन गर्नसक्ने यस्ता नीतिगत कुरालाई ध्यानमा राख्दै नेपालले स्वदेशमै रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने कतिपय विज्ञको सुझाव रहने गरेको छ। नेपाली अधिकारीहरूले चाहिँ मलेशिया सरकारले लिएको नयाँ नीतिबारे विभिन्न सञ्चारमाध्यमबाट थाहा पाए पनि आफूहरूलाई औपचारिक रूपमा कुनै जानकारी…
काठमाण्डौ । गएको माघ महिनामा विद्युतीय प्रणालीमार्फत ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब चार अर्ब तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो कारोबार तीन महिनाअघि अर्थात् कात्तिक महिनाको भन्दा झन्डै १० खर्ब रुपैयाँले धेरै हो । माघ महिनामा सबैभन्दा धेरै अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली आरटीजीसी मार्फत २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एटीएममार्फत चार खर्ब ७९ अर्ब…
