काठमाडौ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा ८ औ तहमा कार्यरत संजिबकुमार झाले सबैलाई चकित पार्ने गरी अनैतिक र गैह्रकानूनी कार्य गरेको समाचार प्राप्त भएको छ । झाले कृषि तथा पशुपन्छि मन्त्रालयको विज्ञापन नं १ । ०७८। ०७९को खुल्ला प्रतिस्पर्धात्मक बिज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुटो भएको भनी उपभोक्ता हित संरक्षण समितीले सम्मानित सर्बोच्च अदालतमा पेस गरेको रीट निवेदन नं ०७९ । wo । ०६७० परेको छ । सो मु्द्दाको हालसम्म फैसला नभएको अबस्थामा महाप्रबन्धकको तोकिएको कार्यअबधि समेत गएको ८० साल चैत्र १२ गते पुरा भएको छ ।
८ औँ तहमा झाको पद कायम राख्ने विषयमा तालुक वाला कृषि मन्त्रालय एवं मन्त्रिपरिषदको निर्णयमासमेत कतै सिफारिस एवं निर्णय नगरिएको बिषयमा संस्थानको सञ्चालक समितिले सो बिषयमा गरेको निर्णय प्रचलित नियम विपरित मात्र नभई संस्थानको विनियमावलीमा समेत कतै ब्यबस्था भएको देखिदैन । विनियम संशोधनकालागि दिएको निर्देशन बमोजिम संशोधन हुन नसकी यथास्थितिमा रहिरहेको अबस्थामा उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अनुरोध गर्दै उच्च अदालत पाटनमा हालिएको मुद्दा विचाराधीन रहिरहेको अबस्था देखिन्छ । हाजिर हुन पाउँ भनि दिएको निवेदनमा कुनै कारबाही नहुँदै गत ८१ साल बैशाख २१ गते कार्यालयमा आएर ०८० साल चैत्र २१ गतेदेखिको हाजिर रजिष्टरमा एकै दिन जर्बजस्ति हाजिर गरेका थिए भने बिद्युतिय हाजिर भने ८१ साल बैशाख २१ गतेको मात्र भएको छ ।
उक्त बिषय अहिले छानविन भैरहेको छ । निजकै अबधिमा संस्थानको ब्यवसायिक अबस्था धरासयी भएको मात्र छैन निम्नस्तरको एउटै कर्मचारीसँग बाँकिरहेको लगभग करोड हाराहारीको पेश्कि फस्यौटका लागि मलेपले बारम्बार ताकेता गर्दा समेत असुल उपर नहुनुमा झाकै संरक्षण रहेको संस्थानका पिडित कर्मचारीहरुले बताउछन् । झाले संस्थानका मेसेनेरीहरुलाई स्तरोन्नति गर्न भनेर सहुलियत कर्जाको रुपमा दिईएको १५ करोड रकमसमेत संस्थाको मेसनरीहरु स्तरोन्नति नगरी आफनै तजबिजले कर्मचारीको सेवा सुविधा र भरण पोषणमा खर्च देखाई उक्त रकम हिनामिना गरेकाे आरोप छ ।
८ औँ तहबाट नगद नारायण चढाएर महाप्रबन्धक हात पारेका झालाई अहिले भ्रष्टाचारमा अख्तियार, सिविआईलगायत अदालतम समेत थुप्रै काण्डका मुद्दा परेका छन् । महाप्रबन्धक भै सकेका ब्यक्ति हाल आएर ८ औँ तहमा भए पनि जागीर खानपाउँ भनेर निवेदन दिने, कार्यालयमा आउँदै नआएको समयको हाजीर एकै दिन जनाउनेदेखि पुनः महाप्रबन्धकको खुला प्रतिस्पर्धामा सहभागि भएर फेरी संस्थानलाई डुबाउने योजनाका लागि बिभिन्न शक्ति केन्द्र धाईरहेको समाचार छ ।
संस्थानलाई डुवाएरै भए पनि अकुत संम्पत्ति कमाउन सफल भएको आरोपसमेत लागेका झाले भ्रष्टाचार गरेको रकम गुपचुप घरजग्गालगायत विभिन्न क्षेत्रमा लगानी गरेको बताइन्छ । झालाई भ्रष्टाचारकै बिषयलाई लिएर केहि समय अगाडी कालोमोसो समेत दलिएको थियो । त्यति गर्दासमेत उनले फेरी कमाउ धन्दा आरम्भ गर्न ८ औ तहमा झरेर समेत जागीर खान पाउँ भनि निवेदन दिएकोप्रति नैतिकहीन, स्तरहीन कार्य भनेर सम्बन्धित सरोकारवालाहरूले भनेका छन् ।