काठमाडौं । आप्रवासी कामदारका सम्बन्धमा मलेशिया सरकारको लिएको नयाँ नीतिको असर नेपालमा पनि पर्नसक्ने देखिएको वैदेशिक रोजगार मामिलाका जानकारहरूले बताएका छन्। विज्ञ तथा वैदेशिक रोजगार व्यवसायीहरूका भनाइमा मलेशिया सरकारको नयाँ नीतिले उक्त देश जान चाहने सयौँ नेपाली कामदारलाई प्रभावित पार्नेछ।
त्यसका साथै नेपालको आर्थिक र सामाजिक क्षेत्रमा पनि त्यसको उल्लेख्य नकारात्मक असर पर्नसक्ने वैदेशिक रोजगारी मामिलाका एकजना विज्ञले चेतावनी दिएका छन्।नेपाली कामदारका गन्तव्य मुलुकहरूले परिवर्तन गर्नसक्ने यस्ता नीतिगत कुरालाई ध्यानमा राख्दै नेपालले स्वदेशमै रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने कतिपय विज्ञको सुझाव रहने गरेको छ।
नेपाली अधिकारीहरूले चाहिँ मलेशिया सरकारले लिएको नयाँ नीतिबारे विभिन्न सञ्चारमाध्यमबाट थाहा पाए पनि आफूहरूलाई औपचारिक रूपमा कुनै जानकारी नआएको बताएका छन्। नेपाली अधिकारीहरूले चाहिँ मलेशिया सरकारले लिएको नयाँ नीतिबारे विभिन्न सञ्चारमाध्यमबाट थाहा पाए पनि आफूहरूलाई औपचारिक रूपमा कुनै जानकारी नआएको बताएका छन्।
यसैबीच फेडेरेसन अफ मलेशियन म्यानुफ्याक्चरर्स (एफएमए) ले यही मार्च ६ मा आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा सरकारसँग निणर्यमा पुनर्विचारको माग गरिएको छ। उक्त विज्ञप्तिमा एफएमएले गृह मन्त्रालयले अकस्मात् रूपमा गरेको उक्त परिवर्तनले औद्योगिक क्षेत्रलाई “आश्चर्यचकित“ पारेको उल्लेख गरेको छ।
सरकारको निणर्यले विस्तारै गति लिन थालेको आर्थिक क्षेत्रलाई गहिरो असर पार्ने भन्दै उसले त्यसमा पुनर्विचारको माग गरेको छ। उक्त संस्थाले आवश्यक परेको बेलामा कामदारहरू ल्याउन नपाउँदा उद्योगहरूले लिएका “अर्डरहरू पूरा गर्न नसक्ने“ अवस्था आउने चेतावनी पनि सरकारलाई दिएको छ। मलेशियाली उद्योगीहरूले तत्काल सरोकारवालासँग छलफल गरेर भिसा लगाउन र कामदार ल्याउन पाउने अवधि कम्तीमा ६ महिना बढाउन माग पनि गरेका छन्।बीबीसी