काठमाडौं । गोरखा जिल्ला लिगमा नियमविपरीत सुपर ६ खेल सञ्चालन गर्न लागेको भन्दै ९ क्लबले संयुक्त विज्ञप्ति निकाल्दै विरोध गरेका छन् । सोमबार १० वटा अध्यक्ष एवं प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति निकाल्दै विवाद समाधान नभई थप खेल कार्यक्रम गरेमा खेल बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् ।
गत जेठ १९ गतेदेखि सुरु भएको गोरखा जिल्ला लिग फुटबुल प्रतियोगितामा उत्पन्न भएको गतिरोधको विषयमा सदस्य रहेका ११ वटै क्लब र आयोजकबीच आपसी छलफलद्वारा समस्या समाधान गर्नुपर्नेमा प्रतिशोध साँधेर आयोजक अघि बढेको आरोप उनीहरुको छ । विज्ञप्तिकर्ता क्लबका प्रतिनिधिहरुले निर्णय पुस्तिकामा किर्ते गरी सदस्य क्लबलाई कारबाही गर्ने धम्की दिने, संस्थाको लेटर प्याडको दुरुपयोग गरी नियमावली विपरीत सुपर ६ को खेल सञ्चालन गर्ने निर्णय गरेको आरोप लगाएका छन् ।
यो विवाद समाधान नभई थप खेल अघि बढाएमा आफूहरु खेलमा सहभागी नहुने चेतावनी ती क्लबहरुले दिएका छन् । यस्तो छ विज्ञप्तिको पूर्ण पाठ: