

काठमाडौं । सामाजिक क्षेत्रमा निरन्तर सक्रिय बूढानीलकण्ठ युथ सर्कलद्वारा बुढानिलकण्ठमा वृहत आँखा शिविर सम्पन्न गरेको छ । युथ सर्कलले तिलगंगा हस्पिटल स्थित (Tilganga Institute Of Ophthalmology) को प्रविधिक सहयोगमा बुढानिलकण्ठ मन्दिर परिसरमा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । शिविरमा २५२ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक रण बहादुर तामाङ ले बताएका छन् ।
निःशुल्क स्वास्थ्य सेवा लिएकामध्ये १५ जनामा मोतिबिन्दु देखिएको र उनीहरूको तिलगंगा अस्पतालमा उपचार पनि संयोजक तामाङले बताए । आँखा शिविर कार्यक्रममा बुनपा ३ की जनप्रतिनिधि बालमाया श्रेष्ठ सह-संयोजक रहेकी थिइन् ।