काठमाडौं । बुढानीलकण्ठ गोल्फुटारमा एकसाता अघि खुलेको स्टार फुड एन्ड सेकुवाले होलीको दिन विशेष कार्यक्रम राखेको छ । होलीको दिन दिनभर रमाइलो गर्नका लागि होली हङ्गामा कार्यक्रम राखेको स्टार फुड एन्ड सेकुवाले होलीमा रमाउन चाहनेहरूका लागि यो कार्यक्रम राखेको हो ।
गोल्फुटारस्थित स्टार फुड एन्ड सेकुवा रेष्टुरेन्टको प्राङ्गणमा निःशुल्क प्रवेशसहित रंग, पानी र डिजेका साथ दिनभर रमाउने सकिने गरी व्यवस्था गरिन लागिएको रेष्टुरेन्टले बताएको छ । सो दिन खाना तथा पेय पदार्थमा विशेष अफर राखिएको पनि रेष्टुरेन्टले जनाएको छ । होलीको दिन रमाउन चाहनेहरू धेरै हुने तर रमाउन ठाउँको अभाव हुने गरेको भनेर स्टार फुड एन्ड सेकुवाले स्थानीयहरुको मागलाई सम्बोधन गरेको बताएको छ ।
करिब डेढ़ साता अघि खोलिएको गोल्फुटार चोक नजिकै मेन रोडमा खोलिएको स्टार फुड एन्ड सेकुवाले उच्चस्तरीय स्वाद र सत्कारलाई विशेष प्राथमिकता दिएको छ । बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने स्टार फुड एन्ड सेकुवाले बिहानी कफिसँगै टिपिकल नेपाली फुड, भारतीय, चाइनिज र कन्टिनेन्टल फुडसमेत पस्किने गरेको छ । समाजका सबैखाले मानिसलाई टार्गेट गरेर खोलिएको यस रेस्टुरेन्टको विशेषताचाहिँ ‘सेकुवा स्पेशल’ नै हो । गोल्फुटारमा तरेवा नामको सेकुवा कर्नर भएको ठाउँ खोलिएको यस रेस्टुरेन्टमा २५० जना अटाउने हलसमेत रहेको छ ।