![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
बेलौरी नगरपालिका-६ भुराकोटमा रहेको पुरैनी ताल संरक्षणको पर्खाइमा रहेको छ । पुरैनी ताललाई स्थानीयवासीले ‘चराको स्वर्ग’ भन्ने गरेका छन् । २९ बिघा क्षेत्रफलमा फैलिएको ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका चराहरू हेर्दै मोबाइलमा फोटो खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि आगन्तुक चराहरू घण्टौँ उडान गरी हिमाल छिचोल्दै ताल क्षेत्रमा पुग्ने गर्दछन् ।
कात्तिक महिनादेखि नै ताल क्षेत्रमा प्रवासी चराको चहलपहल शुरु हुने गरेको स्थानीयवासी वीरबहादुर रावलले बताउनुभयो । गर्मी हुने क्रमसँगै वैशाखदेखि भने प्रवासी चराहरू ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ हिरुलाल डगौरा बताउछन् ।
कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुगेका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीन वटा सर्किटमा गुरुयोजना बनाएर काम अगाडि बढाइरहेको बताए । बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्याएरै छाड्ने बताए ।