काठमाडौ । बिदेश पढ्न जाने बिद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने एजुकेशन कन्सल्टेन्सीको भीडमा द बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रख्यात मानिन्छ । न्युनतम मूल्यमा सुलभ सेवा दिँदै देशभरका बिद्यार्थीहरुको मन जित्न सफल बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले उत्कृष्ट परिचय बनाएको छ ।
बेदको आयोजना र स्टडि ग्रुपको सहकार्यमा यहि फाल्गुन २९ गते बाहिरबाट पढ्न जाने बिद्यार्थीका लागि बिशेष उपयोगी कार्यक्रम मार्च टु युके एक्स्पो सञ्चालन गर्ने भएको छ । एक्स्पो काठमाडौस्थित आफ्नै केन्द्रिय कार्यालय डिल्लिबजारमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा स्टडि गु्रपको सह आयोजनामा सञ्चालन हुने उक्त १ दिने शैक्षिक परामर्स कार्यक्रममा युकेका बिश्वबिद्यालयमा पढन जाने बिद्यार्थीलाई आबाश्यक परामर्श दिनेदेखि निशुल्क भर्ना दिनेसम्मका कार्यक्रम रहेको बताइएको छ ।
यस कार्यक्रममा समावेश हुने बिद्यार्थीले बिशेष छुटमा आईएलटिस, पिटीईको कक्षा लिन पाउने छन् भने बिशेष उपहारको रुपमा घडी, कपसमेत पाउने छन् । उक्त कार्यक्रमा समावेश हुने कुनैपनि बिद्यार्थीहरुले खाली हात फर्किनु पर्ने छैन । कार्यक्रममा बिद्यार्थीहरुले युकेमा पढ्न जाने बिश्वबिद्यालयका बारेमा र शैक्षिक परामर्शका बारेमा विज्ञ किशन अग्रवाल र योर्क सेन्टजोन्स बिश्वबिद्यालयका रिप्रेजेन्टीभ सुनिल तुलाधरले प्रशिक्षण दिनेछन् ।
विगत २०१२ देखि बैदेशिक अध्ययन सम्बन्धि परामर्श दिदै बेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रा.लि सञ्चालन गर्दै आएका सञ्चालक आशिष कार्कीले पनि बिद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा भाग लिने बिद्यार्थीले आईएलटिएस र पिटीई नभए पनि युके पढन जाने अबसर पाउने तथा बिद्यार्थीका लागि सुनौलो अवसर भएको बेदले जनाएको छ ।