काठमाडौं खबर फाल्गुन २६, २०८०
काठमाडौं । कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सिटौलालाई शनिबार राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका हु न्। संसदीय दलको विधानअनुसार, नेता चयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णप्रसाद सिटौलाज्यूलाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ।’ गत माघ ११ मा सम्पन्न निर्वाचनमा सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचत भएका हुन्।