काठमाडौं खबर असार १२, २०८१
काठमाडौं । एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बुधबार अपराह्न ४ बजे विभिन्न १५ माध्यमबाट नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो ।
एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।
बोर्डले यस वर्ष सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने जनाएको छ । एनजी भनेको माथिल्लो कक्षामा अध्ययन गर्न असमर्थ भन्ने हुन्छ ।
बोर्डका अनुसार निम्नानुसार माध्यमबाट नतिजा हेर्न सकिन्छ ।