भारत टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार इङ्ल्यान्ड इङ्ल्याण्डविरुद्धको सेमिफाइनल खेलमा फराकिलो जित हात पार्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो । करिब एक घण्टा रोकिएपछि फेरि सुरु भएको खेलमा भारतले १७२ रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले राम्रो प्रदर्शन गर्न सकेन ।
साविक विजेता इङ्ल्यान्ड र भारतबीचको खेल वर्षाका कारण केहीबेर रोकिएको थियो । निकै र रोचक र महत्वपूर्ण खेलको पहिलो इनिङको आधा पनि नसकिँदै खेल रोकिएको थियो । नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि वर्षा भएपछि खेल ढिलागरी सुरु भएको थियो ।