काठमाडौं । मंगलबार दिउँसो एक महिला आत्महत्या गर्ने भन्दै माइतीघर मण्डलाको पोलमा चढिन् । नजिकै ड्युटीमा खटिएका प्रहरी जवानहरूले समयमा उनको उद्दार गरेपछि कुनै अप्रिय घटना घट्न त पाएन । अहिले प्रहरीले उनलाई स्वास्थ्य उपचारको लागि वीर अस्पतालमा लगेको छ ।
आफ्ना पूर्वपतिले जबर्जस्ती शारीरिक सम्बन्ध राखेको भन्दै उनले आत्महत्या गर्न लागेको बताएकी छन् । तर प्रहरीका अनुसार उनले जसलाई जबर्जस्ती गरेको आरोप लगाएकी छन् ती पुरुष अहिले सोही मुद्दामा कारागार जीवन बिताइरहेकी छन् ।
आत्महत्या गर्न खोज्ने महिला हुन् आरती रावल । उनी न्यायाधीश भुवन गिरीकी पूर्व पत्नी हुन् । उनले यसअघि गिरीविरुद्ध मुद्दा दायर गरेपछि सर्वोच्च अदालतमा आत्मदाहको प्रयास गरेकी थिइन् । मुद्दा फैसला हुने बेलैमा यसरी आत्महत्या प्रयास गरेकी उनले मंगलबार फेरि आत्महत्या प्रयास गरेकी हुन् ।
सो मुद्दामा गत जेठ २८ गते न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।