

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पालिका भित्रका दुई सहकारी संस्थामा सदस्य नबन्न र नबनाउन सम्पूर्ण सहकारी संस्थालाई निर्देशन दिएको छ । असार ९ गते एक सूचना जारी गर्दै केन्द्रीय सहकारी विभागको निर्देशन बमोजिम दुई संस्थामा सदस्य नबन्न निर्देशन दिएको हो ।
आइतबार एक सूचना जारी गर्दै नगरको आर्थिक विकास शाखाले सहकारीको विभागको जेठ ३१ गतेको सूचना बमोजीम एक स्थानीय तहको समान प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य रहेको भए आफूले छनौट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्न अनुरोध गरेको हो ।
यस्तो छ चन्द्रागिरिले निर्देशन दिन आधार मानेको सहकारी विभागको परिपत्र :
