

काठमाडौं । टोखा नगरपालिकाले किरिया खर्च शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको हो । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।