काठमाडौं । युरोकप फुटबलमा आयोजक जर्मनीलाई २-१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा एक गोल थप गरेसँगै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । निर्णायक गोल मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेका थिए । स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्याए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा डानी ओल्मोको निर्णायक गोल गरेका थिए ।
Author: Kathmandu Khabar
काठमाडौं । सरकार अल्पमतमा पर्नुअघि सोमबार र अल्पमतमा परेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक भएको छ । शुक्रबार असार १७ र २० गते बसेको बैठकले गरेका २६ वटा निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको छ। यस्ता छन् २६ निर्णयहरू :
काठमाडौं । लायन्स क्लबले बुढानीलकण्ठ ११ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । क्लबले विद्यालयलाई फुटबल , भलिबल,बास्केबल, टेबलटेनिस, फुटसल, चेस जस्ता खेलकुद सामग्री वितरण गरेको हो । त्यस्तै, क्लबले सो विद्यालयबाट एसईई उत्तीर्ण १३ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको लायन्स क्लब डिस्ट्रिक ३२५ जी अन्तर्गतको क्लस्टर पाँच समूहले लायन्स सप्ताहअन्तर्गत भएको उक्त कार्यक्रमको संयोजन जोन चियरपर्सन बद्री भट्टराई (दामोदर)ले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा क्लस्टर प्रमुख रीता दाहालसहित विभिन्न क्लबका अध्यक्ष तथा लायन लिडरहरूले विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव भण्डारीलाई सामग्री हस्तान्तण गरेका थिए । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौं उपप्रमुख…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई ए ग्रेडको खेलाडीको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाली क्रिकेट टोलीका स्पिनर लामिछानेलाई ए ग्रेडमा नियुक्त गरेसँगै उनले मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् । बलात्कार मुद्दा लागेर निलम्बन भएका उनी यो मुद्दाको टुंगो नलागेसम्म उनलाई ग्रेडिङमा समावेश गरिएको थिएन । शुक्रबार बसेको क्यानको बैठकले ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए। उनको नियुक्ति जुलाई १ गतेदेखि लागू हुने क्यानले जनाएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादमा सर्वोच्चको संयुक्त इजलासले एकल इजलासको फैसला सदर गरेको छ । यही असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार बसेको संयुक्त इजलासले निरन्तरता दिएको हो । शुक्रबार बसेको न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले निरन्तरता दिएको हो । अन्तरिम आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा रोक लागेको छ । अब आवेदन दिएर अन्तर्वार्ता र प्रस्तुतिमा संलग्न भएका दुईजनामध्येबाटै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । बोर्डको अध्यक्ष सिफारिस समितिले पाँचजनाको नाम सर्ट लिष्ट गरेको थियो । कानुनी व्यवस्थाअनुसार कम्तीमा तीनजनाको नाम…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रचण्डले संसद् सचिवालयलाई पत्राचार गरी विश्वासको मत लिने व्यवस्था मिलाउन भनेका हुन् । सरकारको मुख्य सहयोगी दल नेकपा एमालेले समर्थन फिर्ता लिएसकेको अवस्थामा अल्पमतमा परेका प्रचण्डले ३० दिनसम्म सरकार चलाउन पाउने संवैधानिक सुविधा प्रयोग गर्ने आकलन धेरैको थियो । विश्वासको मत पाउने सम्भावना नहुँदा नहुँदै पनि किन उनले राजीनामा दिएनन् ? भन्ने धेरैलाई चासोको विषय रहेको छ । उसमा प्रचण्डको मुख्य दुई वटा चासोको विषय देखिन्छ । पहिलो त उनी अबको एक हप्ता नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाएर एमालेसँगको गठबन्धन तोड्न…
मुग्लिन (चितवन) । पछिल्लो समय मनसुनी जोखिम बढेको छ । यस वर्ष झनै भारी वर्षाको सम्भावना रहेकोले यस वर्ष बाढी पहिरोका घटनाहरू बढ्दै गएको छ । यस्ता घटनाहरू बढ्दै जाँदा यसबाट उद्दार गर्नका लागि सशस्त्र प्रहरीले गोताखोर तालिम दिने गरेको छ । सो तालिम सकेका सशस्त्र प्रहरीले उद्दारका लागि आफ्नो ज्यान जोखिममा पारेर उद्दारका लागि खटिने गर्छन् । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले गोताखोर तालिम सञ्चालन गर्ने गर्छ । यो वर्ष पनि शिक्षालयमा सशस्त्रले गोताखोर तालिम सम्पन्न गरेको छ । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालका अनुसार नेपालमा गोतोखोरको…
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद्को बेलामा जिल्ला नछाड्न सबै जिल्लाका सीडीओहरूलाई निर्देशन दिएका छन् । बिहीबार भर्चुअल माध्ययममा जोडिएका सीडीओहरूलाई अर्यालले वर्षासँगै मनसुनजन्य विपद् आइपर्नसक्ने भन्दै सचेत रहन निर्देशन दिएका हुन् । बैठकमा ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जोडिएका थिए । सचिव अर्यालले प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने भन्दै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्ति तत्काल उपलब्ध हुने गरी तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् । यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध…
काठमाडौं । काठमाडौंमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गर्ने तीन दिने मौसम विवरणअनुसार आइतबारसम्म काठमाडौंसहित देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । महाशाखाले काठमाडौंसहित बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको…
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो अधिवेशनबाट अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाल र भुसाललाई क्रमशस् अध्यक्ष र महासचिवमा दोहोर्याउने घोषणा गरेको हो । अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए । प्रतिनिधिहरुले ताली बजाएर अनुमोदनको जनाउ दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गरे । बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् । भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेता…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पेश गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रवक्ता मनिष झाले मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिएको बताए ।झाले प्रतिवेदन रास्वापाको नभएर डा. मुकुल ढकालको भएको पनि दोहोर्याएका छन् । सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हिजो पार्टी कार्यालयमा पत्रकार भेटघाट दौरान तपाईँहरूलाई जानकारी गराए अनुसार र आज यो समूह बनाउँदै गर्दा भने झैं अब म डाक्टर मुकुल ढकाल ज्यू को समीक्षा यात्राको प्रतिवेदन यहाँ सार्वजनिक गर्दैछु। यो प्रतिवेदन रास्वपाको नभएर डा. मुकुल ढकालको हो। यसलाई सार्वजनिक गरेर न्याय गरियोस् भन्ने उनको अनुरोध अनुसार प्रतिवेदनको लिन्क पठाउने कार्यको सहजीकरण मात्र गरेको…
काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बुनपा ८ र बुनपा ८ नेपाली काँग्रेस वडा कमिटीको संयोजनमा तरुणका कुरा सुन्ने कार्यक्रम आयोजना हुने भएको छ । शनिबार सुन्दर बस्तीको न्य्हुजा क्याफेमा हुने कार्यक्रममा तरुण र वर्तमान राजनीति शीर्षकमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । स्थानीय तरूण युवाहरूको कुरा सुन्ने कार्यक्रम रहेको तरुण दल बुढानीलकण्ठ नगरपालिकाका सभापति राजुविक्रम थापाले जानकारी दिए । शनिबार बिहान ७:४५ बजेबाट सुरु हुने कार्यक्रममा सम्पूर्ण तरुण कार्यकर्ताहरू, पार्टीका विभिन्न पदमा आसीन पदाधिकारी एवं वडासदस्यहरूको सहभागिता हुने बताइएको छ । १३ वटै इकाईमा साप्ताहिकरूपमा हुने यो कार्यक्रम यसभन्दा अगाडि बुनपा ५, ९, १२,…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री मुख्य सहयात्री दलले नै समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री पदमा बसिरहनु उचित नरहेको उनको भनाइ छ । महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे। सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव…
राजीनामा बोकेर प्रधानमन्त्रीलाई भेट्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिई घर फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उहाँहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बिहीबार बिहान ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उप सभापतिद्वय डिपी अर्याल र डाक्टर स्वर्णिम वाग्ले साथै प्रमुख सचेतक सन्तोष परियारले दाहालसँग भेटेका थिए । प्रधानमन्त्रीज्यूले संविधान र कानुनले दिएको समय सीमा भित्र विश्वासको मत लिनको लागि प्रक्रिया थाल्ने र त्यहाँसम्म साथ दिनको लागि अनुरोध गरेपछि त्यसै फर्किएको झाले बताए । सभापति रवि लामिछानेले…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि बोलाएको छ । आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरमा अतिक्रमित क्षेत्रमाथि डोजर चलाएको भोलिपल्टै ३ वर्ष पुरानो उजुरीमाथि छानबिन गर्न भन्दै बयानका लागि बोलाएको हो । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरीको आधारमा सोधपुछका लागि बोलाइएको अख्तियारी जनाएको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ । यो मुद्दामा २०७८ सालमा उजुरी परेको अख्तियारको भनाइ छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । बुधबार रातिसम्म बसेको केन्द्रीय समिति बैठकमा अनुशासन उल्लंघनको मुद्दामा कारबाही गर्ने निर्णय भएको हो । दिनभरि चलेको केन्द्रीय समिति बैठकमा मुकुल ढकालले विरोधस्वरुप मुखमा कालोपट्टि बाँधेर बैठकमा उपस्थित भएका थिए । बैठकले महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । त्यस्तै, प्रवक्ताको जिम्मेवारी मनिष झा दिने निर्णय पनि पार्टीले गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालनाको सम्बन्धमा सात दिन अध्ययन गर्ने र दोषी देखिए सात दिनपछि बर्खास्त गर्ने निर्णय पनि…
काठमाडौं । नेकपा एमालेका सांसदहरूले समर्थन फिर्ताको जनाउसहित राजीनामा दिएका छन् । बुधबार रातिसम्म राजीनामा दिन आग्रह गरेको एमालेले तोकिएको समयमा राजीनामा नदिएपछि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीसँग भेटेर उनीहरूले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ। उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो।
पाटन (ललितपुर) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्तले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएको छ । आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएपछि भत्काइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ललितपुर महानगरपालिकाको १० नं वडामा पर्ने उनको घरले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको हो । उनको घरले चाकुपाट सरस्वती खेल गुठीको जग्गा अतिक्रमण गरेको महानगरपालिकाको भनाइ छ । सो बारेमा गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले पटकपटक चेतावनी दिएको थियो । महानगरपालिकाको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न…
काठमाडौं । मंगलबार बसेको पार्टी सचिवालयको बैठकलाई लत्याउँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टी महामन्त्री मुकुल ढकाललाई प्रतिवेदन पेश गर्न रोकेका छन् । हाल रविको पार्टीको रूपमा चिनिएको रास्वपालाई रास्वपा बनाऔं भनेर पेश गरिएको ६ पृष्ठ लामो प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्नबाट रोकेका हुन् । यही प्रतिवेदनका कारण ३८ जिल्लामा पुगेर पार्टीका नेता कार्यकर्तासँग अन्तर्क्रिया गरी तयार पारेको प्रतिवेदन पेश गर्न पनि सभापति रवि लामिछानेले रोकेको सहमन्त्री ढकालले जानकारी दिए । सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। पार्टीभित्र बोल्ने अधिकार नभएको भन्दै सांकेतिक रूपमा विरोधस्वरुप मुखमा पट्टि बाँधेर आएका मुकुललाई प्रतिवेदन पेश…
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । स्व गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसरमा बुनपा ८ को वडा कार्यसमितिको सह आयोजनमा गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेको बुढानीलकण्ठ नगर समितिका सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ काठमाडौं सद्भाव ३२५ र लायन्स क्लब अफ काठमाडौं कपनले सहयोग गरेका छन् । कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथि र काँग्रेस नेता प्रदीप पौडेललाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ ।
काठमाडौं । फाइल खुल्न लागेपछि संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेको भन्ने अभिव्यक्ति दिएका रास्वपा सभापति रवि लामिछानेलाई नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अझै समय भएको भन्दै फाइल खोल्न चुनौती दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकपछि पत्रकाहरूसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका छन्। गृहमन्त्रीको भनाइप्रति टिप्पणी गर्दै उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म…
काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश लोकमार्गलाई व्यवस्थित गर्नका लागि प्रदेश सडक गुरुयोजना तयार पारेर कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले गुरुयोजना अन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन, २०७८ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सार्वजनिक सडकहरूलाई प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी गुरुयोजना कार्यान्वयनमा अघि बढेको हो । जुन गुरुयोजनामा समेटिएका काठमाडौंबाट सुरु हुने लोकमार्गहरुको सूची निम्नानुसार रहेको छ । मन्त्रालयद्वारा निर्धारित प्रदेश लोकमार्गहरू प्रदेश…
काठमाडौं । रास्वपा महामन्त्री मुकुल ढकालले पार्टी केन्द्रीय कमिटी बैठकमा मुखमा कालो पट्टि लगाएर बसेका छन् । बैठकलाई लाइभ गर्न माग गर्दै आएका ढकालले आफ्नो माग सुनुवाई नभएपछि बैठकमा कालो पट्टी लगाएर बसेका हुन् । आफ्नो देश दौडाहपछिको प्रतिवेदनमा पार्टीको कमजोरीका बारेमा मुख खोलेका ढकाल अहिले पार्टीको चौतर्फी निशानामा परेका छन् । उनीमाथि कारबाहीको तयारी समेत भइरहेको बेलामा बस्न लागेको बैठकलाई लाइभ गर्न उनले माग गर्दै आएका छन् । उनले बोल्न पाउने लोकतान्त्रिक हकको हनन् भएको भन्दै उनले यस्तो गरेका हुन् । उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् । ढकालले…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । मंगलबार सुनुवाई हुने भनिएको रिट निवेदन हेर्दाहेर्दैमा रहेपछि बुधबार सुनुवाईको लागि पेशी तोकिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा मंगलबार सुनुवाइ नसकिएपछि बुधबारका हुने गरी पेशी तोकिएको थियो । यसअघि, न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको…
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएको छ । मंगलबार सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्टलिष्टमा परेका पाँच जना उम्मेदवारमध्ये सन्तोष नारायण श्रेष्ठले सोमबार प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए । न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो । अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय…
काठमाडौं । नेपाली काँग्रेसले विभिन्न भातृ संस्थाको महाधिवेशनका लागि छुट्टाछुट्टै निर्देशक समिति गठन गरेको छ । भ्रातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने टीओआरसहित समिति गठन भएको काँग्रेसले जनाएङ्को छ । सोमबार फरक भातृ सङ्घका लागि गठन भएको समितिले विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्यरूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको बताइएको छ । पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा पर्ने युवा विकास भवन निर्माणको काम तत्काल रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले असार १६ गते आदेश जारी गर्दै तत्कालका लागि सो भवन निर्माणको काम रोक्न भनेको हो । विवादमा परेको कित्ता नं ३ को जग्गा नेपाल सरकारको नाममा हेको र उक्त स्थानमा अन्य संरचना बन्दा यसले वातावारण र जनसमुदायमा प्रभाव पर्ने भएकाले सो संरचना तत्काल रोक्नु भन्ने आदेश जारी भएको हो । बेखमार्ग टोल सुधार समिति(महिला)को तर्फबाट शुभद्रा गौतमले बुढानीलकण्ठ नगरपालिकाविरुद्ध दायर गरेको रिटमा न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो । अदालतले अर्काे आदेश…
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउने निर्णय गरेको छ । छलफल साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ । छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने निर्णय भएको छ । सत्ता साझेदारीको सम्बन्धमा नेकपा एमालेसँग समझदारी गरिसकेको काँग्रेसको मंगलबार बसेको बैठकले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने निर्णय गरेको थियो । एमालेसँगको समझदारीको बारेमा जानकारी दिनका लागि बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बोलाइएको थियो । जसमा राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका…
काठमाडौं । राजनीतिका शिखर पुरुषको रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको एक सयौं वर्षे जन्मजयन्ती आज मनाइँदैछ । नेपाली राजनीतिमा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर सहमति, सहकार्य र एकताको विगुल फुक्ने कोइरालाको जन्मदिन भव्य रूपमा मनाइँदै छ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय…
काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधयेक सोमबारको नगरसभा बैठकले सर्वसम्मतिले पारित भएको हो । महानगरले रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो । यसरी ललितपुरले बजेट पारित गरिसक्दा काठमाडौं महानगरपालिकाको भने बजेट पारित हुने सुरसारै रहेको छैन । सँगै सीमा जोडिएका दुई महानगरपालिकामध्ये काठमाडौंमा भने मेयर बालेन्द्र साहले समन्वय गर्नुको साँटो दलीय प्रतिनिधिसँग दूरी बढाउने काम गर्दा समस्या भएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिए…
