काठमाडौं । फाइल खुल्न लागेपछि संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेको भन्ने अभिव्यक्ति दिएका रास्वपा सभापति रवि लामिछानेलाई नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अझै समय भएको भन्दै फाइल खोल्न चुनौती दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकपछि पत्रकाहरूसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका छन्।
गृहमन्त्रीको भनाइप्रति टिप्पणी गर्दै उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’