काठमाडौं खबर असार २२, २०८१
काठमाडौं । युरोकप फुटबलमा आयोजक जर्मनीलाई २-१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा एक गोल थप गरेसँगै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्णायक गोल मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेका थिए । स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्याए ।
त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा डानी ओल्मोको निर्णायक गोल गरेका थिए ।