काठमाडौं । लायन्स क्लबले बुढानीलकण्ठ ११ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । क्लबले विद्यालयलाई फुटबल , भलिबल,बास्केबल, टेबलटेनिस, फुटसल, चेस जस्ता खेलकुद सामग्री वितरण गरेको हो । त्यस्तै, क्लबले सो विद्यालयबाट एसईई उत्तीर्ण १३ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको लायन्स क्लब डिस्ट्रिक ३२५ जी अन्तर्गतको क्लस्टर पाँच समूहले लायन्स सप्ताहअन्तर्गत भएको उक्त कार्यक्रमको संयोजन जोन चियरपर्सन बद्री भट्टराई (दामोदर)ले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लस्टर प्रमुख रीता दाहालसहित विभिन्न क्लबका अध्यक्ष तथा लायन लिडरहरूले विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव भण्डारीलाई सामग्री हस्तान्तण गरेका थिए । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौं उपप्रमुख शान्ति पाण्डेलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो ।
कार्यक्रममा विनोद लामिछाने बुनपा २, राजु भण्डारी बुनपा ६ सहित स्थानीय समाजसेवी तथा सहयोगीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, लायन्स क्लबको तर्फबाट लायन्स क्लब ३२५ जी जिएलटी रुसका वैद्य, रिजन चियरपर्सनहरू रामृकष्ण भट्राई, राजन न्यौपाने, चिरञ्जीवी खकुरेल तथा जोन चियरपर्सनहरू माया शेर्पा, इश्वर भण्डारी, छिरिंग शेर्पालगायतका लायन लिडरहरुको उपस्थिति रहेको थियो ।
निःशुल्क आँखा शिविर
त्यस्तै, सोही सामग्र हस्तान्तरण कार्यक्रमसँगै विद्यालयमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । कार्यक्रम संयोजक भट्टराईका अनुसार शिविर मा ३५० सेवाग्राहीले तिलगंगा आँखा अस्पतालका स्वास्थ्यकर्मीहरूबाट सेवा प्राप्त गरेका थिए ।