काठमाडौं खबर असार १९, २०८१
काठमाडौं । नेकपा एमालेका सांसदहरूले समर्थन फिर्ताको जनाउसहित राजीनामा दिएका छन् । बुधबार रातिसम्म राजीनामा दिन आग्रह गरेको एमालेले तोकिएको समयमा राजीनामा नदिएपछि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीसँग भेटेर उनीहरूले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ। उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो।