काठमाडौं खबर असार २०, २०८१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि बोलाएको छ । आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरमा अतिक्रमित क्षेत्रमाथि डोजर चलाएको भोलिपल्टै ३ वर्ष पुरानो उजुरीमाथि छानबिन गर्न भन्दै बयानका लागि बोलाएको हो ।
बाढीपहिरो पीडितका नाममा महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरीको आधारमा सोधपुछका लागि बोलाइएको अख्तियारी जनाएको छ ।
उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ । यो मुद्दामा २०७८ सालमा उजुरी परेको अख्तियारको भनाइ छ ।