काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो अधिवेशनबाट अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाल र भुसाललाई क्रमशस् अध्यक्ष र महासचिवमा दोहोर्याउने घोषणा गरेको हो ।
अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए । प्रतिनिधिहरुले ताली बजाएर अनुमोदनको जनाउ दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गरे । बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् ।
भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ । अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि घोषणा हुने एक नेताले बताए ।