काठमाडौं खबर असार २१, २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादमा सर्वोच्चको संयुक्त इजलासले एकल इजलासको फैसला सदर गरेको छ । यही असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार बसेको संयुक्त इजलासले निरन्तरता दिएको हो । शुक्रबार बसेको न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले निरन्तरता दिएको हो ।
अन्तरिम आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा रोक लागेको छ । अब आवेदन दिएर अन्तर्वार्ता र प्रस्तुतिमा संलग्न भएका दुईजनामध्येबाटै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।
बोर्डको अध्यक्ष सिफारिस समितिले पाँचजनाको नाम सर्ट लिष्ट गरेको थियो । कानुनी व्यवस्थाअनुसार कम्तीमा तीनजनाको नाम अध्यक्षका लागि सिफारिस गर्नुपर्नेमा दुईजना मात्र भएको भन्दै प्रक्रिया रद्द गरेको थियो । उक्त निर्णयविरुद्ध यही असार १७ गते अध्यक्षका आकांक्षी मध्येका सन्तोषनारायण श्रेष्ठले रिट दायर गरेका थिए ।