काठमाडौं । मंगलबार बसेको पार्टी सचिवालयको बैठकलाई लत्याउँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टी महामन्त्री मुकुल ढकाललाई प्रतिवेदन पेश गर्न रोकेका छन् । हाल रविको पार्टीको रूपमा चिनिएको रास्वपालाई रास्वपा बनाऔं भनेर पेश गरिएको ६ पृष्ठ लामो प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्नबाट रोकेका हुन् । यही प्रतिवेदनका कारण ३८ जिल्लामा पुगेर पार्टीका नेता कार्यकर्तासँग अन्तर्क्रिया गरी तयार पारेको प्रतिवेदन पेश गर्न पनि सभापति रवि लामिछानेले रोकेको सहमन्त्री ढकालले जानकारी दिए । सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो।
पार्टीभित्र बोल्ने अधिकार नभएको भन्दै सांकेतिक रूपमा विरोधस्वरुप मुखमा पट्टि बाँधेर आएका मुकुललाई प्रतिवेदन पेश गर्न नदिई उपमहासचिव कविन्द्र बुर्लाकोटीलाई दिएका थिए । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताएका छन्।
‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उनले भने । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। यस्तो छ ढकालले जारी गरेको छ पृष्ठको प्रतिवेदन :