काठमाडौं खबर असार ११, २०८१
काठमाडौं । सरकारले इजरायलमा काम गर्न जानका लागि ८०० जनाको आवेदन आह्वान गरेको छ । मंगलबार वैदेशिक रोजगार विभागले ५०० जना कामदारका लागि ८०० जना योग्य उम्मेदवारको आवेदन आह्वान गरेको हो ।
विभागले जारी गरेको सूचना अनुसार उनीहरुका लागि मासिक ९५ हजार ८८० सेकेल इजरायली मुद्रा० यो नेपाली २ लाख १० हजार रुपैयाँभन्दा बढी न्यूनतम तलबमा काम दिइने छ । यो कामको लागि ५ वर्षसम्मको करार थप गर्न सकिने व्यवस्था विभागले सुनाएको छ । हुन आउँछ । सुरुमा एक वर्ष र बढीमा ५ वर्ष करार अवधि थप्न सकिने विभागले जनाएको छ ।
हेर्नुहोस् विभागले जारी गरेको विज्ञापन