काठमाडौं खबर असार १२, २०८१
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यही असार १४ गते शुक्रबार स्वास्थ्य शिविर गर्न लागिएको नगर सचिव बिजेन्द्र श्रेष्ठ बताएका छन् ।
स्वास्थ्य शिविर बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा बिहान ९ बजे देखि ३ बजेसम्म चल्ने नगर सचिव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम हुन लागेको हो । उक्त शिविरमा निम्न सुविधाहरू पाइने नेपाली काँग्रेस बुढानीलकण्ठले जनाएको छ ।