काठमाडौं खबर असार १३, २०८१
काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित भएका छन् । बिहीबार सम्पन्न नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्ती निर्वाचित भएका हुन् ।
असार ११ र १२ गते काठमाडौँमा सम्पन्न प्रथम महाधिवेशनबाट उपाध्यक्षमा युवराज गुरुङ, मोहन छन्त्याल र विश्वदीप लिङ्देन निर्वाचित भएका हुन् । महामन्त्रीमा जगतबहादुर बराम, रामजी कोङरेन र मनहरि श्रेष्ठ निर्वाचित भएको निर्वाचन संयोजक विनोद गुरुङले जानकारी दिए ।
सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुती कुमाल, अभिषेक चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, चेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल निर्वाचित भएका हुन् ।