काठमाडौं खबर असार १३, २०८१
काठमाडौं । बुढानीलकण्ठको चपलीमा रहेको गणेश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले शिक्षक शिक्षिकालाई सम्मान गर्ने भएको छ । यही असार १५ गतेका दिन २०६४ साल एसएलसी ब्याचका पूर्वविधार्थीहरूबाट शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्न लागेका हुन् ।
पूर्वविधार्थीहरूले विद्यालयका संस्थापक चन्द्र बहादुर खड्कालाई प्रमुख अतिथिको रूपमा बोलाएर शिक्षक शिक्षिकालाई सम्मान गर्न लागेको कार्यक्रमका अध्यक्ष विजय थापाले जनाएको छ ।
विद्यालय संस्थापक चन्द्रबहादुर खड्काको प्रमुख अतिथिमा हुने कार्यक्रममा असारमा १५ गते ९ दही चिउरा ० खाने तथा धान दिवसको शुभकामना आदान प्रदान गर्दै सम्मान गर्न लागिकएको थापाले जनाएका छन् । कार्यक्म बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ ।