काठमाडौं खबर असार १७, २०८१
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ कार्यसमितिले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्व गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसरमा बुनपा ८ को वडा कार्यसमितिको सह आयोजनमा रक्तदान कार्यक्रम राखेको हो । उक्त कार्यलाई लायन्स क्लब अफ काठमाडौं सद्भाव ३२५ र लायन्स क्लब अफ काठमाडौं कपनले सहयोग गर्ने भएका छन् ।
कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म बुनपा ८ सुन्दर बस्तीमा आयोजना हुने नगर कार्यसमितिका सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथि र काँग्रेस नेता प्रदीप पौडेललाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ ।