काठमाडौं खबर असार १५, २०८१
काठमाडौं । टी २० विश्वकपको फाइनल खेलमा भारत विजयी भएको छ । शनिबार राति सवा ८ बजेदेखि सुरु भएको खेलमा भारत सात रनले विजयी भएको हो । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको रोचक खेलमा अन्तिम बलमा रात रनको अभावले भारत विजयी भएको हो ।
भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा १६९ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।