काठमाडौं । भुटानी शरणार्थी प्रकरणका मुख्य व्यक्ति मानिएका बेचन झा पक्राउ परेका छन् । दुई कुरोडको चेक बुझ्ने झा र फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेसँगै यो मुद्दामा नयाँ ट्विस्ट आउने प्रहरीले दाबी गर्दै आएको छ ।
सो प्रकरणमा हाल प्रहरीको फरार सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, डा. इन्द्रजित राईका छोरा निरज राई र विचौलिया बेचन झा पक्राउ परे घटनाले थप नयाँ ‘ट्विस्ट’ आउने प्रहरीको दाबी रहेको हो ।
उनीहरूको पक्राउपछि ट्विस्ट आएमा पक्राउ मुक्त भएकाहरू पनि पुन: पक्राउ पर्न सक्ने प्रहरीको भनाइ छ । प्रतीक थापा र बेचन झामार्फत् ठगीको रकम विभिन्न व्यक्तिसम्म पुगेको आशंका गरिएको छ । उच्च अदालतको आदेशले धरौटीमा छुटेका रामशरण केसीमार्फत २ करोड बेचन झा ले बुझेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो ।