काठमाडौं खबर असार १५, २०८१
काठमाडौं । बागमती प्रदेशका तीन जिल्लाका बासिन्दालाई शनिबार र आइतबार उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावले शनिबार र आइतबार मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
यस्तै, बागमती प्रदेशबाहिर लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।