काठमाडौं खबर असार १६, २०८१
काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन ३को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिबार भएको प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् ।
विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।
प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा हुनुहुन्थ्यो ।