काठमाडौं खबर असार १५, २०८१
काठमाडौं । धान दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ले रोपाईँ कार्यक्रम आयोजना गरेको छ । यही असार १५ गते बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने चुनिखेलमा रोपाईँ कार्यक्रम आयोजना गरिएको कार्यवाहक क्षेत्रीय सभापति रामप्रसाद लुईंटेलले जानकारी दिए ।
लुईंटेलका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारलाई आएका थिए । असार १५ गते सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ । चुनिखेलको रुद्रमती कोरिडोरको कार्यक्रम रिभरसाइन फुटसल पछाडिको खेतमा कार्यक्रम आयोजना गरिएको थियो ।