काठमाडौं खबर असार २५, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने मूल एजेण्डासहित केन्द्रीय समितिको बैठक आह्वन गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो ।
एक साताअघि संस्थापक महामन्त्री डा. ढकाललाई अमर्यादित व्यवहार गरेको र आफूले तयार गरेको प्रतिवेदन पार्टी बैठकमा भन्दा अघि मिडियामा सार्वजनिक गरेको आदि विषयमा निलम्बनमा राखिएको थियो ।
आजको बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ ।
आज बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको छ । यस विषयमा पार्टीको अनुशासन आयोगले प्रतिवेदन नेतृत्वलाई बुझाइसकेको छ । अनुशासन आयोगको प्रतिवेदनकै आधारमा महामन्त्रीमाथि कारबाही गर्ने सम्भावना रहेको रास्वपन स्रोतले जनाएको छ ।
ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो ।