काठमाडौं खबर असार २२, २०८१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा नियुक्तिका लागि नयाँ मापदण्ड एवं कार्यविधि तयार पारेको छ । विभिन्न विभागका प्रमुख, डिन लगायत नियुक्तिमा राजनीतिक खिचातानी हुने गरेकोमा अब यसलाई रोक्नका लागि नयाँ कार्यविधि तयार पारिएको विश्वविद्यालयले जनाएको छ ।
त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीका अनुसार नयाँ कार्यविधिले राजनीतिक भागबन्डालाई निरुत्साहित गर्ने र योग्य व्यक्तिले योग्य पद पाउने सम्भावना रहन्छ । हरेक पदका मापदण्ड बनाएर त्रिविको विश्वविद्यालयको नियुक्तिलाई पारदर्शी, प्राज्ञिक, गैरराजनीतिक बनाउन खोजिएको उनले बताए । ‘विश्वविद्यालयलाई प्राज्ञिक बनाउने दृढ संकल्पका साथ विनियम ल्याएका छौं । यसलाई पूर्णतः कार्यान्वयन गराउछौं,’ रेक्टर केसीले भने ।
यस्तो छ त्रिविले तयार पारेको नयाँ कार्यविधि :