काठमाडौं खबर असार २३, २०८१
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठको एकसहित काठमाडौंका ७ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णय सरकारले गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै काठमाडौंका साथ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
विभिन्न कम्पनीले थरेको सिफारिसको आधारमा ती कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने निर्णय भएको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० मा रहेको श्री जलेश्वर महादेव यायबी कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष कालोसूचीमा राख्ने निर्णय कार्यालयले जनाएको छ । सो कम्पनीले श्री लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोकमा सम्झौता बमोजिम काम नगरेको आरोप लागेको छ ।
यस्तो छ कालोसूचीमा परेका कम्पनीहरू :