काठमाडौं । २०२५ को ओलम्पिक साउदी अरेबियामा हुने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको जानकारी दिएको छ ।
यस वर्ष अर्थात् २०२४ को ओलम्पिक २०२४ मा हुँदैछ । यही वर्षको ओलम्पिकको पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकमा यो प्रस्ताव राखिनेछ । घोषणापछि आइओसीको बैठकले लिने निर्णयसँगै सहर र स्थान छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया र थप विवरणबारे काम सुरु हुनेछ ।
साथै आइओसीले ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेलबाट अलग आफ्नो सङ्गठनभित्र नयाँ समर्पित संरचना सिर्जना गर्ने योजना पनि घोषणा गरेको छ । ओलम्पिक खेलकुद खेलहरूको विशिष्ट प्रकृतिलाई सम्बोधन गर्न आइओसीले यी खेलहरूको वित्तपोषण र सङ्गठनको सन्दर्भमा फरक दृष्टिकोण लिने बताएको छ ।