

चितवन । अविरल वर्षाका कारण आएको लेदोसहितको पहिरोका कारण दुई यात्रुवाहक बस त्रिशुलीमा खसेको छ । शुक्रबार बिहान बिहान साढे ३ बजे काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै बिहानै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव घटनास्थल पुगिसकेका छन् । घटना नारायणगढ–मुग्लिन सडकको सिमलतामा भएको हो । ती बसमध्ये गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जना चालकसहित ६५ जना रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले यकिन विवरण भने आई नसकेको बताए ।