काठमाडौं खबर असार २८, २०८१
काठमाडौं । पटकपटक विश्वासको मत लिँदै जोगिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज भने विश्वासको मत दिन संसदले अस्वीकार गरेको छ। बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा उनलाई जम्मा ६३ सांसदले समर्थन गरे।
सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई रोक्ने प्रयास स्वरूप उनले विश्वासको मत लिन लागेको विश्लेषण गरिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका थिए ।
प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसदले समर्थन गरेका छन् ।