काठमाडौं । मंगलबार दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा गएको भूकम्पबाट १२६ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएको छ । मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो । भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनर्स्थापना गरिएको छ । चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो…
Author: Kathmandu Khabar
काठमाडौं । मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी बुझाउन दिएको आदेश लगत्तै धरौटी रकम बुझाएर प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला रिहा भएकी छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी हुन् । अदालतको आदेशलगत्तै उनले तुरुन्तै १० लाख रुपैयाँ जुटाएकी थिइन् । सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि बुधबार बिहान अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले १० लाख धरौटी माग्दै थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो। उनीविरुद्ध २२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा…
काठमाडौं । कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबारसम्म थुनछेक आदेश गर्ने सम्भावना देखिएको छ । बुधबारदेखि नै जिल्ला अदालत कास्कीको आसपासका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्ममा अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरेको बताइन् । उनका अनुसार बिहीबार नै जवाफी बहस सकेर आदेश आउने सम्भावना रहेको हो । मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए ।बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस…
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासको समग्र स्थितिको समीक्षा गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको तथ्यांकअनुसार छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ । पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ…
काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति बनाएपछि सुरु भएको भाँडभैलो निमित्त प्रमुखले समेत राजीनामा दिने अवस्थासम्म आइपुगेको छ । मेयर बालेन शाहको निर्देशनमा छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । विशेष कारण देखाउँदै शर्माले समेत मंगलबार राजीनामा दिएका छन् । त्यसपछि अहिले महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ । अहिले नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जसमा सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह…
काठमाडौं । सरकारले निर्णय गरेसँगै कारागार व्यवस्था विभागले काठमाडौंका कैदीबन्दीलाई नुवाकोट सार्न थालेको छ । नुवाकोटमा सञ्चालनमा रहेको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको विभागले जनाएको छ। । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि कारागार सञ्चालनमा ल्याइएको थियो । सो कारागारमा अहिलेसम्म सात सय ५८ जना कैदीबन्दी स्थानान्तरण गरिसकिएको केन्द्रीय कारागार नुवाकोटका शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । सुरुमा जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी ल्याएर कारागार सुरु गरिएकोमा अहिले नुवाकोट आसपासबाट अन्य कैदीबन्दीहरू ल्याउन थालिएको छ । कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भान्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य…
त्रिशूली (नुवाकोट) । गोरखाबाट काठमाडौँका लागि हिँडेको नेपाली सेनाको एकीकरण पदमार्ग टोली नुवाकोट आइपुगेको छ। मङ्गलबार धादिङको भर्याङ भुरुङ हुँदै सामरीबाट नुवाकोट आइपुगेको टोली बिदुर नगरपालिका १० स्थित शुभघाटमा आएर बसेको थियो। बुधबार नुवाकोटको साततल्ले दरबार हुँदै टोली काठमाडौँतर्फ अघि बढ्नेछ। कागु नै हुँदै शुभघाट आइपुगेको टोलीलाई बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ सहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए। नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर…
काठमाडौं। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुर्पुक्षको लागि थुनामा जानबाट रोक्नका लागि महान्यायाधिवक्तादेखि अधिवक्तासम्मको लाइन लगाएका छन् । आज सकिएको उनको पक्षको बहसमा कुल ११ कानुन व्यवसायीले बहस गरेका छन् । रविको पक्षबाट दुई पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र सुशील पन्त बहसमा सहभागी भएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउत, सुरेन्द्र थापा मगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन्। अधिवक्ता बाँस्तोलाका अनुसार बहसको क्रममा कानुन व्यवसायीहरूले…
काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना गर्दै र आफ्ना अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि राजीनामा घोषणा गरेका छन् । ट्रुडोले ‘आन्तरिक लडाइँ’ को अर्थ उहाँ अर्को चुनावमा ‘उत्तम विकल्प हुन नसक्ने’ बताउनुभयो । उहाँले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने योजना बनाएका छन् । यस मामिलासँग परिचित एक अधिकारीले जनवरी २७ मा पुनः सुरु हुन लागेको संसद् मार्च २४ सम्म स्थगित हुने बताए । यो समयले लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर दिनेछ । सबै तीनवटै मुख्य विपक्षी दलले संसद् पुनः सुरु हुँदा अविश्वास मतमा लिबरल पार्टीलाई हटाउने…
काठमाडौं । आज गएको भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । नेपालतर्फबाट सगरमाथा क्षेत्रमा अपसिजन भएकाले कोही पनि पर्यटक नभए पनि चीन तर्फ सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको छ। यो अहिले तत्कालका लागि लगाएको अस्थायी प्रतिबन्ध हो । नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक…
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने । यस्तै, सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”…
काठमाडौं । नेपाल प्रहरीले आफ्नो मातहतका युनिटहरूलाई मङ्गलबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्साले आज बिहान एक सर्कुलर जारी गर्दै पूर्वी नेपालको विशेषगरी हिमाली क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले जानकारी दिए। भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको उत्तरी भेगको सिमानाबाट केही मात्रै दुरीमा रहेकोले पूर्वी नेपालको पहाडी र हिमाली भेगमा क्षति भएको अनुमान गरिएको छ। भौगोलिक कठिनता र हिमपातका कारण ती क्षेत्रको क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने अनुमान गरिएको छ।
काठमाडौं। आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको र भूकम्पको केन्द्र तिब्बतको दिग्गी भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु भएको तिब्बतको दिग्गी पूर्वी नेपालको सिमाना पर्ने क्षेत्र हो। पूर्वी नेपालको ताप्लेजुङबाट करिब ५० किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा शक्तिशाली भूकम्प गएका कारण पूर्वी नेपालको उत्तरी भेगमा यसले क्षति पुर्याएको हुन सक्ने आकलन गरिएको छ तर क्षतिको विवरण भन्ने हालसम्म आइसकेको छैन। भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। भूकम्पको केन्द्रविन्दु काठमाडौँ उपत्यकाबाट भन्ने २८० किलोमिटर टाढा रहेको छ।
काठमाडौं । आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मङ्गलबार बिहान दिएको जानकारी अनुसार चीनको तिब्बत र नेपालको सिमाना आसपास भएर शक्तिशाली भूकम्प गएको हो। भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। तर क्षतिको विवरण भन्दै अहिलेसम्म आइसकेको छैन।
काठमाडौं। काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६:५० को हाराहारीमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प हो भन्ने बारेमा यकिन भइसकेको छैन।
काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भूषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष…
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । गत मंगलबारदेखि सुरु भएको प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा यसअघि नै छविराज जोशी र लीला पछाईंका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन् । शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकोमा सोमबार लामिछानेका तर्फबाट अधिवक्ता सुशीलकुमार पन्तले बहस गरेका छन् । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो…
पोखरा । पार्टी कार्यक्रममा सहभागी हुन पोखरा पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जोडेर रास्वपाका कार्यकर्ताहरूले स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यताको नै हुर्मत लिने गरी अनर्गल प्रचार गरेका छन् । सहकारी ठगीमा मुद्दा खेपिरहेका आफ्ना सभापतिको मुद्दा प्रभावित पार्न पोखरा आएको भन्दै रास्वपा कार्यकर्ताले गत शनिबार दिनभरि सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेका थिए भने थापा सम्मिलित कार्यक्रम प्रभावित पार्ने प्रयास समेत गरेका थिए । अदालतमा प्रवेश गरिसकेको मुद्दामा कुनै पनि राजनीतिक वा अन्य किसिमको प्रभाव पार्न खोजियो भन्नु आफैँमा सस्तो लोकप्रियताको लागि दिइने अभिव्यक्ति हो । त्यसैमाथि अदालतमा मुद्दा परिसकेको अवस्थामा सहकारी पीडितले भेट्छु भन्दा समेत सांकेतिक रूपमा मुद्दामाथि प्रभाव पर्न सक्छ…
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागू गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ…
काठमाडौं।अमेरिकामा आएको भीषण हिम आँधीका कारण त्यहाँका केही राज्यहरूमा आपत्काल घोषणा गरिएको छ। सातवटा भन्दा बढी राज्यहरूलाई प्रभावित गर्ने गरी आएको हिम आँधीले झन्डै ६ करोड मानिस प्रभावित हुने अमेरिकी सरकारले जनाएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्।
काठमाडौं। पछिल्ला दिनहरूमा काठमाडौँको न्यूनतम तापक्रम बढ्दै गएको छ। न्यूनतम तापक्रम बढेसँगै काठमाडौँको जाडो भन्ने कम हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा उक्लिएको छ। अघिल्लो दिन अर्थात् आइतबार ७ दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम सोमबार भन्ने एक्कासी बढेको हो। राति आकाशमा बादल लागेका कारण आज न्यूनतम तापक्रम बढेको हो। सामान्यतया आकाशमा बादल लागेको बेला भोलिपल्टको न्यूनतम तापक्रम बढ्ने गर्दछ । विभागका अनुसार सोमबार दिउँसो पनि आइतबार जस्तै धुम्म हुने र एकदमै कम घाम लाग्ने सम्भावना रहेको छ। त्यस्तै मङ्गलबार भन्ने काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले फाइल खोल्ने भनाइ नै त्रुटिपूर्ण हो रहेको भनाइसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ओलीले गत वैशाखमा आफैँले प्रस्तुत गरेको प्रतिवेदनसँग बाझिने गरी उनले भ्रष्टाचारको विषयमा आफ्नो धारणा राखेका हुन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् । ‘नेपाल विधिको शासनमा चल्ने मुलुक हो, नेपालको संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक अवधारणालाई पूर्णरूपमा आत्मसात गरेको छ,’ ओलीद्वारा बैठकमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले, ठूला भ्रष्टाचारको फाइल खोल्न लागेको भन्ने अभिव्यक्ति नै दुराशययुक्त छ ।’ एमालेले ८–९ वैशाख (२०८१) मा ललितपुरको गोदावरीमा पहिलो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गरेको…
काठमाडौं । नेकपा माओवादी केन्द्रको बुनपा नगर कार्यसमितिमा भाइनारायण श्रेष्ठ दोहोरिएका छन् । आइतबार सम्पन्न चौथो नगर सम्मेलनबाट उननको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्ष हेमा अधिकारी, राज प्याकुरेल र पुरुषोत्तम कोइराला निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा टीका नगरकोटी, सहसचिवमा दीपक अधिकारी, कोषाध्यक्ष दामोदर पौड्याल निर्वाचित भएको माओवादी केन्द्र बुनपाले जनाएको छ । निर्वाचित अध्यक्ष श्रेष्ठका अनुसार सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । उनले अब पार्टीलाई नयाँ हिसाबले अघि बढाउँदै बुढानीलकण्ठ नगर पालिकामा माओवादी केन्द्रलाई बलियो पार्टीको रूपमा स्थापित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए । गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । “एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ”, प्रमुख क्षेत्रीले भने, “इतिहासको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पदयात्रा…
काठमाडौं । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनसम्पर्क र विवाद मिलाउन आर्थिक लेनदेन गरेको सम्बन्धमा न्युयोर्कको एक अदालतले फैसला सुनाउने तयारी गरेको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने करिब १० दिनअघि उनीविरुद्धको मुद्दामा फैसला हुन लागेको हो। ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजाय सुनाउने तयारी गरेको हो । अदालतले उनलाई दोषी ठहर गरेपनि उनको हाइट हाउस प्रवेशमा भन्ने कुनै बन्देज लाग्ने छैन। तर उनी एक दोषी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । सो अदालतले उनलाई दोषी ठहर गरे पनि…
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् । गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन्…
काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका तर्फबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। आफ्ना प्रतिद्वन्दी महेशकुमार थापाको भन्दा झन्डै दोब्बर मतसहित पोखरेलले अध्यक्ष पदमा चुनाव जितेका हुन्। अन्य पदमा पनि पोखरेल नेतृत्वकै लोकतान्त्रिक प्यानलले जित हासिल गरेको छ। सर्वोच्च बारका लागि काङ्ग्रेस निकट डेमोक्रटिक लयर्स एसोसिएसन डिएलए र नेकपा समाजवादी निकट समाजवादी लयर्स एसोसिएसनबीच गठबन्धन भएको थियो। उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्। सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार…
काठमाडौं । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा चितलाङ्गले दोलखाको टाईगर टिमलाई ३ –० गोलले पराजित गर्यो । चितलाङ्गका लागि सुजित बुढाथोकीले २ र आयुष कुंवरले १ गोल गरे । चितलाङ्गको सुजित वुढाथोकी मोष्ट भ्यालुएवल प्लेयर घोषित भई नगद रु १५ हजार हात पारे । चितलाङ्गको सुन्दर चन्द श्रेष्ठ वेष्ट किपर, जनक कोइराला वेष्ट डिफेन्स, विज्ञान खडका वेस्डट मिडफिल्डर, रुपेश क्षेत्री वेष्ट कोच घोषित भए भने टाईगर टिमका सुजन माझी वेष्ट स्ट्राईकर चुनिए । व्यक्तिगत विधातर्फ उत्कृट भएका खेलाडीहरुले जनही पाँच हजार प्राप्त गरे । विजेता चितलाङ्गले टफ्री सहित नगद…
काठमाडौं । काठमाडौँको पिंगलास्थानस्थित बागमती होटेलमा मृतक युवतीलाई छाडेर भागेका युवक ओखलढुंगामा मृत भेटिएका छन्। बिहीबार काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका २३ वर्षीय देवबहादुर थापा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ ।
काठमाडौं। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।