Author: Kathmandu Khabar

काठमाडौं । आठौं व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ आजदेखि सुरु भएको हो । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको आयोजकले जनाएको छ । यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका…

Read More

काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४…

Read More

काठमाडौँ । तामाङहरूको नयाँ वर्ष एवं ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। चन्द्रमास अनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने लोसारको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज राष्ट्रिय रूपमा काठमाडौँको टुँडिखेलमा भव्य कार्यक्रमका बीच लोसार मनाइँदैछ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार…

Read More

काठमाडौं । वासिङ्टनको एक अदालतले दिएको आदेशपछि अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने बारे गरेको निर्णय स्थगित गरेको छ। बुधबार वासिङ्टनस्थित एक अदालतले तत्कालका लागि यो निर्णय रोक लगाउन आदेश दिएको थियो। यसको अन्तिम फैसला भन्ने फेब्रुअरी ३ मा गरिने बताइएको छ। अदालतको यो आदेशपछि तत्कालका लागि हाइट हाउसले उक्त निर्णय स्थगित गरेको हो। विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा…

Read More

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित खानेडाँडा कोष सामुदायिक वनमा भेटिएका युवकको सनाखत भएको छ। केही दिनअघि भेटिएको सबको सनाहत भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय परिसरमा गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनमा ठूला व्यवसायीहरूले सहभागिता जनाएका छन्। आज र भोलि सञ्चालन हुने सो सम्मेलनमा सहभागी व्यवसायीहरूले संसदको सबैभन्दा ठूलो दलले सुरुवात गरेको यो प्रयास प्रशंसनीय रहेको बताएका छन्। सम्मेलनमा उद्यमी, व्यवसायीसहित निजी क्षेत्रको विकासमा संलग्न सरोकारवालाहरूसँग छलफल कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो। । यस्तै, कांग्रेस पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित विभिन्न सामग्रीका दर्जनबढी स्टल पनि राखिएका छन् । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा निकै धेरै सम्भावना रहेको बताएका…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा साना र मझौला व्यवसाय सम्बन्धी सम्मेलनमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको छ। आजदेखि सुरु भएको सम्मेलनमा भारत लगायतका विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरुले सहभागिता जनाएका हुन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि स्टार्टअप तथा एसएमई सम्मेलन सुरु गरेको छ । सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।

Read More

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने तर्फ नसोच्न सुझाव दिएका छन्। बुधबार प्रेस चौतारी बुटवलले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रध्यक्ष भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका हुन् । उनले नेकपा एमालेभित्र उनी कार्यकारी भूमिकामा एमालेमा फर्किन लागेको विषयमा कुनै छलफल नभएको भन्दै त्यो बाहिरी हल्ला मात्रै रहेको बताए । ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने…

Read More

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेसँगै जारी गरेको अन्तर्राष्ट्रिय सहयोग रोक्ने सम्बन्धी कार्यकारी आदेशमाथि त्यहाँको एक जिल्ला अदालतले रोक लगाएको छ। वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले फेब्रुअरी ३ तारिखसम्मका लागि यो आदेश कार्यान्वयनमा रोक लगाएका हुन् । यो अन्तरिम आदेश भएकाले फेब्रुअरी ३ मा हुने फैसलाले नै ट्रम्पको आदेश कार्यान्वयन हुने नहुने भन्ने टुङ्गो लाग्नेछ । ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन्। ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि सुरु हुन लागेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले माघ १६ र १७ गते पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्दैछन् । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । म्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत…

Read More

काठमाडौँ । आज अपरान्न काठमाडौँ उपत्यकामा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने बताइएको हो । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उनले जानकारी दिए । त्यसैगरी आज राति देशका…

Read More

काठमाडौँ । जहानिया राणा शासन अन्त्य गर्नका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको स्मरणमा आज सहिद दिवस मनाइँदैछ । विक्रम सम्वत १९९७ साल माघ ६ गते तत्कालीन राणा प्रधानमन्त्रीले प्रजातान्त्रिक आन्दोलनका चारजनालाई ज्यान सजाय तोकेका थिए। जसमध्ये अन्तिम दुईजनाको माघ १५ गते राति गोली हानी हत्या गरिएको थियो। त्यसैको स्मरणमा हरेक माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिद दिवसका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। विसं २००७ साल पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ। यस…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई भ्रष्टाचारी ठहर गर्दै छ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको हो। उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । जुरीकर्ता उर्मिला पाण्डेयका व्यावसायिक साझेदार शेषनारायण अधिकारीसँग कडायतले गरेको कुराकानीको अडियो/भिडियोका आधारमा तामाङ दोषी ठहर भएका हुन् । वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक…

Read More

काठमाडौं । नेपाली कांग्रेसले भोलिदेखि गर्न लागेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको तयारी पूरा भएको छ । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले माघ १६ र १७ गते पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्दैछन् । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । म्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण तथा महिला र…

Read More

काठमाडौं । बुधबार प्रदर्शन गर्ने तयारी रहेको एक्टर टेक वन नामक चलचित्र प्रदर्शनमा जिल्ला अदालत काठमाडौंले रोक लगाएको छ । मंगलबार अदालतले प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो। नाम र विषयवस्तु समेत चोरी भएको भन्दै निर्माताविरुद्ध उजुरी परेको थियो । फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको आरोप पुरानो चलचित्र एक्टरका निर्माताको छ । यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन्। उनको फिल्म ‘एक्टर’ गत ४ माघमा प्रदर्शनरतमा आएको थियो। कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’…

Read More

काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।’ आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे। बैठकले विभिन्न कार्यक्रम…

Read More

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गर्नुभयो । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं…

Read More

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले विभिन्न स्थानमा फरक फरक दिनमा बत्ती जान्न सक्ने बताएको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। शुक्रबार केएससी र पुरानो…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै उनको बारेमा अनुसन्धान गर्ने १२ वकिल बर्खास्तीमा परेका छन्। सन् २०२० मा राष्ट्रपति निर्वाचनको नतिजा उल्टाउन भन्दै अनुसन्धान गर्ने ती वकिलहरूलाई नै अहिले बर्खास्त गरिएको हो। उनीहरुले ट्रम्पको नीति अनुसार काम गर्न नसक्ने ठहर गरिएको छ। सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् । बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न…

Read More

काठमाडौं । कास्की जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उच्च अदालतमा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालत गुहारेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले पनि मागअनुसारको कारबाही नभएको भन्दै उच्च अदालतमा निवेदन दिएको थियो । अहिले रवि आफूलाई ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्लाको आदेश त्रुटिपूर्ण र बेरितको रहेकाले बदर गर्नुपर्ने उनको माग छ । ७ पेज लामो पुनरावेदनमा रविले आफू सहकारीसँग असम्वन्धित व्यक्ति भएको र धरातलीय यथार्थबिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन् । उनको पुनरावेदनमा भनिएको छ, ‘मेरा उपर राजनीतिक दाउपेचका आधारमा प्रमाणित हुन नसक्ने संगीन…

Read More

काठमाडौँ । यसअघि विभिन्न सञ्चार माध्यम र चिया गफमा चर्चाको विषय बन्ने गरेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले अध्यक्ष सम्भावनाबारे स्वयं भण्डारीले एक कार्यक्रममा संकेत गरेकी छन्। सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा भण्डारीले आफू एमालेबाट नै राष्ट्रपति भएकाले ढिलो चाँडो एमालेमै फर्किने स्पष्ट पारिन्। उनले राजनीतिभन्दा कोही टाढा नहुने समेत बताएकी छन्। पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग टकराव चलिरहेको चर्चा चुलिँदै गर्दा भण्डारीको यो अभिव्यक्तिले उनी एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने पूर्ण तयारीमा रहेको देखाउँछ। एमाले फर्किने भन्नुको अर्थ उनी एमालेको नेतृत्व पंक्तिमा आउने भन्ने स्पष्ट हुन्छ । किनभने पार्टी सदस्यताको हिसाबमा उनले यसअघि नै सदस्यता लिइसकेकी छन् ।…

Read More

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो । ‘यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस  अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ…

Read More

काठमाडौं । नेपाली सेनाले भोलि मङ्गलबारदेखि फोटो तथा बृहद् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ । त्यसका साथै सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट…

Read More

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष वीर वहादुर खड्काले लागुऔषध खैरो हिरोईन बिक्री वितरण र कारोबार मुद्दामा तत्कालीन पुनरावेदन अदालत(हालको उच्च अदालत) ले दोषी ठहर गरेका एन्फा उपाध्यक्ष दावा लामालाई बर्खास्त गर्न पुनः युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र एन्फाको विधानअनुसार आवश्यक कारबाही गर्न भनी गत श्रावण ३२ गते युवा तथा खेलकुद मन्त्रालय समक्ष खड्काले निवेदन दर्ता गराएका थिए । सो निवेदन उपर आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउनू भनी भाद्र १६ गते च.नं १४७ मार्फत युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र लेखेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०८१…

Read More

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गर्‍यो । सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा उनको सबै सम्पत्ति रोक्का गर्दै धरौटी माग गरेको हो । योसँगै उनको कुल धरौटी रकम २ करोड २५ लाख पुगेको छ । आइतबारको आदेशलगत्तै उनी बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएर रिहा भइसकेका छन् । तर धेरैलाई चासोको कुरा चाहिँ के हुन सक्छ भने हरेक दिन अदालतको आदेश आउनेबित्तिकै धरौटी बुझाउन सक्ने लामिछानेसँग आखिर पैसा छ चाहिँ कति ? यसको आधिकारिक जानकारी उनी स्वयंले मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणबाट बुझौं । गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रवि गृहमन्त्री…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सबै सम्पत्ति रोक्का भएको छ । रुपन्देही जिल्ला अदालतले हिजो जारी गरेको आदेशमा उनी लगायत प्रतिवादीहरूको सबै सम्पत्ति रोक्का राख्ने आदेश जारी भएको हो । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको आदेशमा भनिएको छ : ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू।’ बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई अदालतले १…

Read More

काठमाडौं । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको हो । यसअघि स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो त्यस्तै, उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । दुवै अदालतमा रविले धरौटी बुझाइसकेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । काठमाडौंको ठमेलमा एक २१ वर्षीया युवतीको शव फेला परेको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । ठमेलस्थित ड्रङ्किङ्ग इन गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेकी उनको शव भेटिएको हो । उनी किन आइन् र उनको आत्महत्या हो वा हत्या भएको हो ? भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

काठमाडौं । एन्फाका सात सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पटकपटक मौखिक आग्रह गर्दा पनि बैठक नबोलाएपछि वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कासहित सात जनाले कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् । यसरी बैठक माग गर्नेमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी(कुमार),विराट जंग शाही, केन्द्रीय सदस्यहरु रविन्द्र चन्द, रुपेश अधिकारी, पेमा डोल्मा लामा र रमेश व्यन्जनकार रहेका छन् । पत्रमा एन्फाको विधानको धारा ३९ को व्यवस्थाअनुसार बैठक बोलाउन माग गरिएको छ । विधानको धारा ३९ को २ मा कार्यसमितिका एकतिहाइ सदस्यले बैठक माग गरेमा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने बताइएको छ । यदि अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरूले बैठक…

Read More