काठमाडौं । राणा शासन कालमा काठमाडौं उपत्यका अन्य जिल्लाभन्दा भिन्न मानिन्थ्यो । सामान्यतया बोलिचालीको भाषामा नेपाल भनेर चिनिने काठमाडौ आउँदा बडा हाकिमको पूर्जी लिनुपर्ने थियो । वि.सं. २००९ साल वैशाख ९ गते राजपत्रमा प्रकाशित एक सूचनाअनुसार काठमाडौं आवतजावत गर्नको लागि राहदानीको व्यवस्था गरिएको उल्लेख छ । त्यो राहदानी अहिलेको जस्तो छुट्टै खालको नभएर विभिन्न अधिकारीहरुबाट अनुमति पूर्जी लिनुपर्ने व्यवस्था थियो । सो राजपत्रको भाग नौ मा भनिएको छ: अब उप्रान्त भारतबाट भारतीयहरुले काठमाडौं आउँदा जिल्ला या सिटी म्याजिस्ट््रेटबाट पर्मिट अथवा आइडेन्टी कार्ड लिएर आउनुपर्नेछ । सो लिइए आएमा नेपाल सरकारको राहदानी चाहिँदैन । सो पर्मिट अथवा आइडेन्टी कार्ड नेपाल सरकारका…
Author: Kathmandu Khabar
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सबैलाइ विस्मित बनाउँदै बुढानीलकण्ठ क्षेत्र विकास समितिको नयाँ पदाधिकारी चयन गरेको छ । लामो समयदेखि पदपुर्ति नभएर अन्यौलग्रस्त बनेको बुढानीलकण्ठ मन्दिर क्षेत्र विकास समितिमा एमाले कार्यकर्ता तथा मन्दिर र व्यवस्थापन सम्बन्धि सुन्य ज्ञान भएका विदुर खड्कालाइ अध्यक्ष बनाइएको छ । वडा नं ३ मा रहेको मन्दिरको क्षेत्र विकास समिति चयन गठन गर्दा सम्बन्धित वडा नं ३ का वडाध्यक्ष आकाश धिताललाइ भने पूणर्रूपमा वाइपास गरिएको छ । नगरपालिकाले क्षेत्र विकास समितिले विशिष्ट ठाउँमा सतहि व्यक्ति पठाउने निणर्य गरिएको भनेर नगरवासीले हाँसोमा उडाएका छन् । एमाले क्षेत्र नं ४ का संयोजकसमेत रहेका विदुर खड़का एमाले राजनीतिभित्र पनि प्रशंसित…
अन्तर्वार्ता/ शेषराज भट्टराई (इक्यान अध्यक्ष) मुलुकको आर्थिक अबस्था संकटपूर्ण बनिरहेको बेला शैक्षिक परामर्श ब्यवसाय कसरी सञ्चालन गरिरहनुभएको छ ? हो, अहिले आर्थिक संकटले मुलुकलाई गाँजेको छ, त्यसको मारमा हामी जस्ता शैक्षिक परामर्सदातृ संस्थादेखि विभिन्न पेसा, ब्यबसाय, तह र तप्काका मानिसहरु परिरहेका छौ । यसका बाछिटाले हामीलाई पनि संिकटमा पारी रहेको छ । तथापि नेपाली बिद्यार्थिहरुमा उच्चशिक्षा अध्ययनको लागि बाहिर जाने क्रम नघटेको हुनाले र विदेशिहरुले पनि नेपाली बिद्यार्थीलाई अध्यनमा नरोकेको हुनाले हाम्रो ब्यबसायमा त्यस्तो संकटकै अबस्था छैन, निराशै हुने अबस्था छैन । तर राज्यको दृष्ट्रिकोण र नीतिगत तहमा हाम्रो उनुपस्थिति नहुँदा एवं विदेशि गन्तब्य मुलुकको भिसा सिष्टममा स्पष्टता नभएको र…
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरू विद्यालय व्यवस्थापन समितिमा बस्ने लडाइँमा लागेको देखिन्छ । यसरी वडाध्यक्ष आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बस्न खोज्दा वडा नं ११ को ग्राम शिक्षा स्कूल व्यवस्थापन समिति बन्न सकेको छैन । कुनै पनि हालतमा आफै व्यवस्थापन समितिको अध्यक्षमा बस्नु पर्ने भन्ने वडाध्यक्ष राजु अधिकारीको हठका कारण लामो समयदेखि व्यवस्थापन समिति अध्यक्ष को बन्ने बारेमा हानाथाप भैरहेको छ । बुढानीलकण्ठका १९ वटा सामुदायिक विद्यालयमा राजनीतिक दाउपेचकै आधार लामो समयदेखि व्यवस्थापन समितिमा स्थानीय नेताहरू बस्दै आएका छन् । स्थानीय नेता तथा नेता खटाएका कार्यकर्ता विद्यालय व्यवस्थापन समितिमा बस्दा बुढानीलकण्ठका सरकारी सामुदायिक विद्यालयहरूको शैक्षिक अबस्थामा तहसनहस छ ।…
काठमाडौं । आफ्नै कारणले सत्ताच्युत भएर प्रधानमन्त्रीबाट हट्न परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् । काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो। यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्। ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।…
राणाकालमा वि.सं. १९७२ अघि यस इलाकाका निम्ति अड्डा चौतारामा रहे पनि पछि बनेपामा सारियो । वि.सं. १९८० पछि अड्डा फेरि धुलिखेलमा सार्ने काम भयो । एकतन्त्री लामो निरंकुश शासनमा आम नेपाली जनताको चेतनास्तर जस्तै यहाँका जनताका भए पनि राणाशासनसँगको असन्तुष्टि भने बढ्दै गइरहेको थियो । तैपनि यो असन्तुष्टिलाई सचेत ढ्ङ्गले बाहिर प्रकट गर्ने अवस्था भने जिएन । एकातिर राणाहरूको शासनकालमा रोजगारी र बिर्ता पाएकाहरू नै यस जिल्लाका सबै हिसाबले अग्रणी भूमिकामा थिए भने अर्कातिर राणाका सुराकी पनि जिल्लाका थिए । त्यसैले यस क्षेत्रमा राणाविरोधी अभियान सर्वप्रथम सामाजिक र शैक्षिक जागरणमार्पmत्बीजरूपमा देखापरेको पाइन्छ । वि.सं. १९८२ सालमा काठमाडौंमा एउटा पुस्तकालय स्थापना…
काठमाडौँ । सत्ता र शक्तिले सँधै मोटा मोटा पदमा पुगेर पनि बुढानीलकण्ठमा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका ल्हारकेल लामालाई हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । काठमाडौँ खबरले विगत ४ वर्षदेखि उठाउँदै आएको विषयमा नगरपालिकाले लामालाई आफ्नो जग्गा के कति हो ? भनेर विवरण उपलब्ध गराउ पत्र काटेको हो । नगरपालिकाले आइतबार लामालाई पत्र काटेर हडपिएको भनिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेस गर्न भनेर एउटा पत्र काटेको हो । बुढानीलकण्ठ नगरपालिकाका पठाएको पत्रमा उल्लेख छ, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली-८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका-२ कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध…
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो । पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा २० जना महिला र ५ जना पुरुषसहित २५ जनाले तालिम लिइरहेका छन् । २० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य आयोजकले तालिम सुरु गरेको हो । दारको ठेकीको लागि प्रसिद्ध रहेको मकवानपुरमा पछिल्लो समय ठेकी लोप हुने अवस्थामा पुगेको भन्दै तालिमको आयोजना गरेर मकवानपुरे पहिचानलाई स्थापित गर्न खोजेको आयोजक एवं बागमती प्रदेशसभा सदस्य भारती पाठकले बताइन् । केही वर्ष अघिसम्म…
काठमाडौं । बुढानीलकण्ठमा खाली जमिनहरू भरिँदो छ । तर व्यवस्थितरूप भने कतै देखिदैन । मानौं, हामी सहर हैन असरल्ल कंक्रिटको जंगल बनाइरहेका छौँ । सार्वजनिक जमिन संरक्षणको समस्यादेखि फोहरमैला र खानेपानीका समस्या यहाँका जनताले समाना गरिरहेका छन् । यद्यपि यो बुढानीलकण्ठको मात्र नभै समग्र काठमाडौँकै कथा हो । यही भीडमा केही जनप्रतिनिधि आफ्नो सपनासहितका काममा समर्पित छन् । ती त्यस्ता सपनामा काम गरिरहेका जनप्रतिनिधिमध्य एक हुन् श्रीराम केसी । बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष केसीको नामसँग जोडिन्छ धनेश्वर खेल मैदान वा रंगशाला । एग्रेसिभ स्वभावका देखिने केसी पछिल्ला झन्नै एकदशकदेखि बुढानीलकण्ठ पासिकोटको धनेश्वरमा एउटा फुटबल मैदानको सपनामा समर्पित छन्…
काठमाडौं ः नेपालमा कुष्ठरोग पनि जनस्वास्थ्यको एक चुनौतीको रुपमा रहेको छ। नेपाल सरकारले सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन्। झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ। यस्तै काठमाडौ,ललितपपुर सहितका देशका ५६ वटा…
काठमाडौं । काठमाडौंबाट दोहातर्फ उड्न ठिक्क परेको विमानमा यात्रुले आफूलाइ कोरोना भएको भनेपछि कतार एअरवेजको विमानलाई रनवे नपुग्दै ट्याक्सी वेबाट फर्काइएको छ । हिजो बिहान ११ बजे त्यसतर्फ हुन लागेको उडान यात्रुले आफूलाई कोरोना संक्रमण भएको बताएपछि झण्डै दुई घण्टा रोकिएको थियो । क्युआर ६५३ को विमान उडानला लागि रनवेतर्फ जाँदै गर्दा लेबनानी नागरिकले एअर होस्टेसलाई बोलाएर आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन् । राहदानी नम्बर २६५६००६ वाहक ४२ वर्षीया सबायोन रानियाले सँगैको सिटमा रहेका अर्का यात्रुलाई कोरोना संक्रमणबारे बताएकी हुन् । त्यसपछि पाइलटले विमानलाई पुनः पार्किङ्गमा ल्याएको बुझिएको छ । कोरोना संक्रमणको आशंकामा तेर यात्रुलाई चेकको निम्ति धुम्बाराहीस्थित ह्याम्स अस्पताल…
काठमाडौं । भारतको उत्तरप्रदेशमा एउटा सूर्य केसर प्यालेस नाम गरेको एउटा भव्य होटल रहेको छ । तत्कालीन समयमा भारतीय प्राणी सर्वेक्षणलाई कार्यालय राख्नको लागि नि:शुल्क दिइएको सो दरबार भारत स्वतन्त्र भएपछि होटलको रूपमा विकास भएको तथ्य रविजंग कार्कीले आफ्नो अध्ययनको क्रममा भेटेको उल्लेख छ । यो भव्य दरबार श्री ३ महाराज चन्द्र शम्शेरका साइला छोरा फिल्ड मार्सल केशर शम्शेर ज.ब.रा. जो श्री ३ महाराज हुन नसके श्री ३ को जस्तै रवाफिलो जीवन जीउने गर्दथे । केशर शमशेर इतिहास, पुरातत्व र वातावरणसँग एकदमै नजिक थिए । उनले सिम्रौनगढका राजा विराटको भव्य दरबार थियो भन्ने तथ्य स्थापित गरेका थिए । त्यस कारण…
भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा एमाले विदेश विभाग प्रमुख रहेका राजन भट्टराईले नेपाली राजनीतिक अन्दोलनको जग नै भारतीय प्रभाव भन्न पुगेका छन् । राजधानीमा भएकॊ सॊ कार्यक्रममा बॊल्दै उनले आधुनिक नेपाली राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताउँदै भारतकै प्रभावमा नेपालमा राजनीतिक परिवर्तन भएको बताए । ‘नेपाल-भारत सम्बन्धः सम्भावना र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनुपर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए । उनले नेपाल-भारतबीच…
हिजोबाट नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस अभियान’ प्रारम्भ भएको छ ! कार्यक्रम सुरू भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो दिन मेची पुलबाट कञ्चनश्री, झापा बजार, कञ्जीवारी, खजुरगाछी हुँदै अहिले मोरङ पुगेका छन् । थापा आफ्नो सामाजिक सन्जालमा लेख्छन्, हामीले अभियानको क्रममा यात्रा गर्ने घोषणा पछि सबैजनाले ’कम सुनाउने बढी सुन्ने गर्नुपर्छ है!’ भनेर सुझाव दिनुभएको छ। हाम्रो अभियानको मुख्य उद्देश्य नै त्यहीँ हो, संवाद सँगै यात्रा। पूर्वी नेपालको मौसम चिसो छ । गगन थापा पहिलो दिनको यात्रबारे लेख्छन्, आज जाडो थियो, तर हामी सँग संवाद गर्न, भेटघाट गर्न धेरै जना हामी सँग जोडिनुभयो। आज हामीले कृषकका, युवाका, स्थानीय आम समुदायका…
भक्तपुरको नःपुखु कुनै बेला फोहोरले भरिएको हुन्थ्यो । पानी र रक्सीका बोतल, प्लाष्टिकलगायत फोहोरका सामग्रीले ढाकिएको हुन्थ्यो । पोखरीमा पानी भन्दा धेरै फोहोरहरू हुन्थे । नःपुखु वरिपरी पनि त्यस्तै फोहोर थिए । त्यसैले स्थानीयले यो पोखरीलाई ’गुह्या’ पोखरी पनि भन्थे । परापूर्व कालमा खेतमा काम गरेपछि हात खुट्टा धुन यो पोखरीको पानी प्रयोग गरिन्थ्यो । म्ये गाः (राँगा पाल्ने ठाउँ) र पशुहरूलाई नुहाइदिनको लागि पनि यो पोखरीको प्रयोग हुन्थ्यो । यो पोखरीको अर्को विशेषता पनि रहेको स्थानीय बुढापाका बताउँछन् । यहाँको पानी प्रयोग गर्दा शरीरमा आएको घाउ, डन्डीफोर, आँखा पाकेको जस्ता रोग निको हुने । तर समयसँगै पोखरीमा बढेको फोहोरले मानिसहरू यहाँको पानी प्रयोग…
काठमाडौं । समय विक्रम संवत् १९९७ साल माघ छ गतेको समय थियो । उनलाई राज्यद्रोहको मुद्दामा फाँसी दिने तय भइसकेको थियो । फाँसीअघि उनलाई शंकर शमसेर र बहादुर शमसेरले सिंहदरबारमा बयानका लागि बोलाए । सो दिन बिहानै १० बजेदेखि ११ बजेको बीचमा नेपाल प्रजा परिषद्का सबै सदस्यहरूलाई नेल, सिक्री र हतकडीका साथ पाश्र्ववती सैनिकको घेरामा राखी सिंहदरबार फुटबल चौरमा लगियो । उनीहरुलाई पश्चिमपट्टि फर्काएर उभ्याइएको थियो । अघिल्तिर पालमा राणाहरु र चौरमा भारदार बसिरहेका थिए । अन्य सदस्यहरू ल्याएको केही क्षणमा एकछिनपछि सदर जेलबाट शुक्रराज शास्त्रीलाई पनि हतकडी, नेल सिक्रीमा सिंहदरबारमा नै ल्याइयो । बहादुर शमशेरले ‘त्यस्तो कार्यहरू गरेर तँ…
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा शुरू गरेका छन् । भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजना गरेको यात्रा शुभारम्भ कार्यक्रममा महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेत सहभागि थिए । कार्यक्रममा हालै राष्ट्रिय सभामा पुगेका वयोवृद्ध नेता कृष्ण सिटौला पनि सहभागि थिए । शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्राको शुरू गरेको बताए । नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा शुरु गरेको भन्दै थापाले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताए । कांग्रेसप्रति नागरिकको गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको…
काठमाडौं । धरहरा पार्किङ भवनको पहिलो तलामा आज आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङस्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो। ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सरोकारवालासँगको समन्वयमा आईतबारबाट धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।’ पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा…
नेपालमा राष्ट्रको इतिहास र संस्कृतिमा अमिट छाप छोड्ने असाधारण व्यक्तिहरूलाई सम्मान गर्न राष्ट्रिय नायक (राष्ट्रिय विभूति) को मान्यताको ठूलो महत्त्व छ। नेपालमा राष्ट्रिय नायकको मान्यता सन् १९५५ (विसं २०१३) मा महत्वपूर्ण घोषणासँगै सुरु भएको थियो । राजा महेन्द्रद्वारा नियुक्त प्रख्यात लेखक बालकृष्ण सामको नेतृत्वमा गठन भएको आयोगले पहिलो १३ राष्ट्रिय विभूतिको सूचीकरण गरेको थियो । देश र जनताका भलाइका लागि सम्पूर्ण जीवन समर्पण गर्ने असल राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय विभूति भनिन्छ व्यक्तिगत स्वार्थ, लोभ, अहदुकार जस्ता दुर्गुणलाई पर फालेर देश विकास र मानव हितका लागि लाग्ने तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने मानिस राष्ट्रिय विभूतिका पक्तिमा पर्दछन् यस्ता व्यक्तिले…
जीआर रञ्जीत आजभन्दा ३० वर्ष पहिले भक्तपुर नगरमा एक अनौठो संस्कृति थियो । जुन हाल लोप भइसकेको छ । त्यो संस्कृतिको नाम “मार हवानेगु” हो । पुस शुक्ल पुर्णिमाबाट शुरु भएर माघ शुक्ल पूर्णिमासम्म भक्तपुरको खोर्हे (हनुमानघाट) मा लाग्ने एक महिने स्वस्थानी माताको व्रत भरी “मार हवानेगु” भनेर बिहान सबेरै तलको गीत गाएर सबैलाई उठाउने गर्छ । “दां दां मस्त दां दां । मिखा न्यग कां कां ।। तुति न्यपा चु चु । मार हवाने नु नु ।।” जसको अर्थ यस प्रकार रहेको छ । उठ बच्चाहरु उठ । दुईवटा आँखा खोल ।। दुईवटा खुटाले टेक । माधव भन्न जाऔ…
काठमाडौं : नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ। स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिने छ। अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाउने तय भएको पौडेलले बताए। अभियान सुशील कोइरालाको स्मृति दिवसका दिन माघ २६…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ को इटलीटारमा बाटो बढाउन शक्ति प्रयोग गरेकोप्रति स्थानीयवासी आक्रोशित भएका छन् । अदालतको स्टे अर्डरसमेत ख्याल नगरी गुण्डागर्दी शैलीमा बिना सूचना मेयर र वडाध्यक्षले घर कम्पाउण्ड भत्काएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । ३ दिन अघिको अदालतबाट आएको स्टेअर्डरलाइ मतलव नगरी वडाध्यक्ष र मेयरले गरेको गुणडागर्दी शैलीमा ज्यादती गरेको भन्दै एक स्थानीयवासीले वडाध्यक्ष र मेयरले सार्वजनिक सम्पत्ति हडपेर घर बनाएर बसेको आरोप लगाएका छन् । काठमाडौँ ख़बर सम्बाददाता प्रत्यक्षरूपमा पुग्दा घाइते स्थानीयवासीहरूले एकस्वरमा भने, “खहरेमाथि घर हुने मेयर, राजकुलोमाथि घर हुने वडाध्यक्ष अनि बाटो बढाउने भन्दै जनताको घर भत्काउने ? यो अन्याय हैन…
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले बाटो बढाउने भन्दै अदालतको स्टे अर्डर उलंघन गरेर स्थानीयको घर कम्पाउण्डमा डोजर चलाएको छ । नगरपालिकाको वडा नं ६ इटालीटार जाने बाटो चौडा गर्ने भन्दै पूर्व सूचना बिना नगरपालिकाले डोजरसहित दलबल ल्याएर ज्यादति गरेको स्थानीयवासीले जनाएका छन् । स्थानीयवासीले काठमाडौँ खबरले जानकारी गराए अनुसार मेयर मिठाराम अधिकारी, वडा नं ६ का वडाअध्यक्ष रवि खड्कासहितका वडाध्यक्ष एवम् नगरप्रहरीले स्थानीयवासीमा निर्मम कुटपिटसमेत गरेको बताए । स्थानीयवासीले उपलब्ध गराएको भिडियोमा नगरप्रहरीसहित केही अरू मानिसले स्थानीयलाइ लछार पछार गरेको देखिन्छ । ३ दिन अगाडिको अदालतले दिएको स्टे अर्डर देखाउँदा वडा नं ६ का वडाध्यक्षले अन्टसन्ट गाली गर्दै बाटो “खोलेरै छाडिने…
काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल आजको खेल जितेर सुपर सिक्समा पुगेको छ। दोस्रो ब्याटिङ गरेको नेपालले ३२ बल बाँकी रहँदै अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको हो। अफगानिस्तानले जितका लागि दिएको १४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेटको क्षतिमा भेट्टायो। यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १४५ रनमा अलआउट भयो। नेपालको जितमा बलर आकाश चन्दको ५ विकेट र कप्तान देव खनालको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो। नेपालका लागि ओपनर अर्जुन कुमालले १४ बलको सामना गरे र २ चौका हान्दै १० रन बनाएर आउट भए। उनी पाँचौँ ओभरमा आउट हुँदा नेपालको स्कोर ११ रनमात्र थियो।…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आफ्नो चुनावी क्षेत्रमा भैरहेका विकास निर्माणका बिभिन्न गतिबिधिका निरीक्षण गरेका छन् । नेपाली कांग्रेस स्थापना दिवश पारेर आयोजना गरिएको निरीक्षण तथा अनुगमन कार्य क्षेत्र नं ४ अधिकांश वडामा भएको बताइएको छ । सांसद थापाको प्रयास एवम् पहलमा भएका तथा अन्य विकासे गतिबिधिको बस्तुगत अनुगमनका लागि पार्टीसँगै थापा फिल्डमा पुगेको संसद सचिवालयले जनाएको छ । क्षेत्र नं ४ भ्रमणका क्रममा थापाले पार्टी पङ्तिसँग पनि भेटघाट गरेको बताइएको छ । -तस्वीरः बिजेन्द्र श्रेष्ठ
काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने…
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘फ्री भिसा र फ्री टिकट’ खारेजी गरेको छ। श्रम मन्त्रालयले दुई महिनाअघि नै यो सुविधा खारेजी गरेको भए पनि बाहिर ल्याएको छैन। उक्त सूचना बाहिर नआउँदा वैदेशिक रोजगारीमा जाने कामदार फ्री भिसा र फ्री टिकटका नाममा ठगि रहेका छन्। श्रम मन्त्रालयका उच्च अधिकारीअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले भने फ्री भिसा र फ्री टिकटको खारेज भएको सूचना पाइसकेका छन्। उनीहरूले खाडीका देश र मलेसिया जाने कामदारसँग अहिले एक लाखभन्दा बढी लागत खर्च उठाउन थालेका छन्। श्रम मन्त्रालयकै केही उच्च अधिकारी र म्यानपावर बीच एक प्रकारको सेटिङको रुपमा यसलाई मन्त्रालयका अर्का अधिकारी…
काठमाडौं । छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताए । “हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियाँै, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”,…
काठमाडौंमा रहेको पशुपतिनाथ हिन्दु तथा बौद्ध दुवैको एक प्रसिद्ध तीर्थस्थल हो । विशेषगरी हिन्दूहरूले पशुपतिनाथलाई आफ्नो आराध्यदेवको रूपमा पुज्दछन् । यी देवताहरुको पनि देवता (देवादिदेव) महादेव अर्थात् भगवान शिवशंकरको मन्दिर । महायान बौद्ध परम्पराअनुसार पशुपतिनाथलाई श्रीहेरूकको तीर्थ स्थलको रुपमा मानी आएको छ । बज्रयानाबौद्ध परम्परामा श्रीहेरुका बुद्धशासनलाई कायम राख्ने धर्मपालको रुपमा चिनिन्छ । पशुपतिनाथलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्वी मानिसहरुले महान तीर्थस्थलको रूपमा विश्वास गर्दै आएको छन् । लिच्छवीकालभन्दा अघि र लिच्छविकालमा काठमाडौं, पाटन र भक्तपुरमा बुद्ध धर्मको राम्रो विकास भई यस क्षेत्रमा बौद्ध विहार, चैत्य, बुद्ध प्रतिमा, बुद्ध सम्बन्धित विभिन्न प्रतिकहरू आदिको भव्यताकासाथ निर्माण भएको थियो। त्यसबेला पशुपतिनाथको प्रमुख…
काठमाडौं । हिजाे पूर्णिमादेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ। माघ शुल्क पूर्णिमासम्म एक महिनासम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ। अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन्। योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ। पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन्। आज सारा नेपालीले अंगीकार गरेको स्वस्थानी कथा कुनै बेला नेवारहरूको मुख्य पर्व थियो भने उनीहरूले मात्रै मनाउथ्यो । स्वस्थानी ब्रतकथाको समापनको दिन माघ शुक्ल पूर्णिमामा नेवारहरूलाई मात्र बिदा…